पाँचतारे होटल र ठूला अस्पतालहरुमाथि लालबाबुको कडाइ सुरु

0
Shares

नेपाल समाचारपत्र, काठमाडौँ ।
जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले आफ्नो खरो कदम अगाडी चाल्दै जरिवाना र कारबाही गर्ने निर्णय गरेका छन्।

मन्त्रालयमा आइतबार बसेको बैठकले सोल्टी सिटी अपार्टमेन्ट, द्वारिका होटल, सिद्धि होटल र काठमाडौं गेष्ट हाउसलाईरी वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) नगरी सेवा विस्तार गरेकोमा एक लाख रुपैयाँ जरिवाना गर्ने निर्णय गरेका छन् ।

कारबाहीमा पर्नेहरुले निर्धारित मापदण्ड पूरा नगरी संरचना बनाएका र अरु धेरैले पनि गरेका यस्तो गरेका रहेछन्, तिनलाई कानुनको परिधिमा ल्याउने संकेतस्वरूप यो कारबाही गरिएको मन्त्री पण्डितले बताए ।
आजको बैठकले काठमाडौं मोडल अस्पताल, काठमाडौं अस्पताल त्रिपुरेश्वर, नेशनल हस्पिटल र अन्तर्राष्ट्रिय बाल अस्पताललाई पनि कारबाही गर्ने निर्णय गरेको छ।

त्यस्तै अरनिको सिमेन्ट उद्योग, काठमाडौं दुग्ध विकास आयोजनालाई पनि (इआइए) नगरेकोमा ५० हजार जरिवाना तिराउने निर्णय भएको मन्त्री पण्डितले जानकारी दिए।

Skip This