चिकित्सकमाथि हातपा, सरकारी चिकित्सक काठमाडांै बोलाइयो

0
Shares

काठामाडौं, (नेस)
डोटी जिल्ला अस्पतालमा कार्यरत चिकित्सक डा. जितेन्द्रकुमार सिंहमाथि उपचारको क्रममा फागुन ६ गते गरिएको साघांतिक घटनालाई लिएर नेपाल चिकित्सक संघले डोटीमा रहेका सम्पूर्ण चिकित्सकलाई काठमाडौं बोलाएको छ।

संघले स्थानीय सुरक्षा निकायले पर्याप्त मात्रामा सुरक्षा प्रदान गर्न नसकेको, राजनैतिक आड र भरोसाका कारण चिकित्सकहरूलाई न्यायिक निर्णय प्रदान नगरिएको एवं स्वास्थ्य क्षेत्रको संवेदनशीलतालाई पर्याप्त मात्रामा बुझ्ने कार्य नगरिएकोमा स्तब्ध भएको उल्लेख गरेको छ।

चिकित्सकीय मर्यादा पालना गर्दागर्दै चिकित्कमाथि नै सांघातिक हमला गरी गम्भीर घाइते बनाइएको घटनाका बारेमा कपोकल्पित आरोपहरू लगाउँदै उल्टै चिकित्सकलाई नै बद्नाम गर्ने, भौतिक कारबाही गर्छांै भन्दै मानसिक तनाब सिर्जना गरिएका कारण डोटी जिल्लामा रहेका चिकित्सकहरूको सुरक्षाका लागि काठमाडौं बोलाइएको संघले जनाएको छ।

यस प्रकारका अपराधिक क्रियाकलापमा संलग्न दोषीलाई कानुनी कारबाही गरी उक्त जिल्लालाई भयरहित नबनाइएको खण्डमा चिकित्सकहरूको सुरक्षाका लागि नेपाल चिकित्सक संघले देशैभरि विभिन्न विरोधका कार्यक्रम सञ्चालन गर्न बाध्य हुने र यसबाट पर्न सक्ने जुनसुकै परिस्थितिको पूर्ण जिम्मेवार सरकार नै हुने व्यहोरासमेत यसै विज्ञप्तिमा उल्लेख छ।

Skip This