श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ

0
Shares

विमल विष्ट, डोटी ।
आफनै श्रीमती मारेको आसंकामा प्रहरीले अछामको कमलबजार नगरपालिका २ का स्थानिय ३५ बर्षीय केशव खड्कालाई पक्राउ गरेको छ ।

केशब खड्काकी श्रीमती ३३ बर्षीया पवित्रा खडका आईतवार राती आफ्नै घरमा मृत अवस्थामा भेटिएपछि प्रहरीले हत्या गरेको हुन सक्ने आसंकामा श्रीमानलाई पक्राउ गरेको हो ।

मृतक पवित्राको टाउको लगायत शरिरका बिभिन्न भागमा गहिरो चोट देखिएकोले उहाँको मृत्यु नभई हत्या भएको हुन सक्ने आशंकामा श्रीमान केशब खड्कालाई पक्राउ गरिएको अछामका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ददिराम न्यौपानेले बताउनु भयो ।

डिएसपी न्यौपानेका अनुसार शव नजिकै चिर्पट पनि भेटिएकाले चिर्पट प्रहार गरेर उहाँको हत्या गरिएको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । मृतक खड्काका दुई छोरा र दुई छोरी रहेको प्रहरीले जनाएको छ ।

Skip This