मिनीट्रकको ठक्करले पैदल यात्रुको मृत्यु


पुष्कर बुढाथोकी, भक्तपुर । आज बिहान ५ बजे मध्यपुरथिमि नगरपालिका ४ चारदोबाटोमा काठमाण्डौबाट भक्तपुर तर्फ आउदै गरेको बा. २ क. ८००६ नं.को मिनीट्रकले बाटो काट्दै गरेका पैदल यात्रुलाई ठक्कर दिदाँ मृत्यु भएको छ ।

ठक्करबाट घाईते भएका मध्यपुरथिमि नगरपालिका ५ दुईपोखरी बस्ने बर्ष ६६ को जगतकुमार श्रेष्ठको भक्तपुर अस्पताल लगिएकोमा उपचार कै क्रममा मृत्यु भएको महानगरीय प्रहरी बृत्त भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईले जानकारी दिनुभयो ।

प्रहरीले मिनीट्रक र चालक जिल्ला काभ्रे सिसाखानी घर भई हाल सूर्यविनायक नगरपालिका ८ जगाती बस्ने बर्ष २९ को प्रेम बहादुुर मोक्तानलाई नियन्त्रणमा लिई प्रहरी वृत ठिमीमा राखेर अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।