काठमाडौं । प्रदेश नं ३ को प्रदेशसभाको वैठक मकवानपुरको हेटौडामा तामाझामका साथ वसीरहेको वेला नुवाकोटका भुकम्पपिडितहरुले आफ्नै घरमा वस्न नपाएको गुनासो व्यत्त गरेका छन ।
२०७२ सालको महाभुकम्प पछि देशमा ठुलै परिवर्तन देखियो । देशले तीनवटा निर्वाचनमार्फत गाउँगाउँमा निर्वाचित प्रतिनिधिहरु पाएको छ भने संविधान बनेपछि पोहिलो निर्वाचित सांसदहरु पनि पाएका छन । सांसदहरु भेरिए पनि नुवाकोटका भुकम्पपिडितहरु भने अझै फेरिन सकेका छैन ।
जनप्रतिनिधि आए पनि नुवाकोटको विभिन्न स्थानमा झुपडी बनाएर बस्दै आएका भुकम्पपिडितहरुको अझै फेरिएका छैनन् । भुकम्प गएको झण्डै तीनवर्ष हुनलाग्दा समेत भुकम्पपिडितहरु झुपडीमै रात कटाउन बाध्य भएका छन । पिडितहरु जीवन गुजारा गर्न कुल्ली काम समेत गर्नु परेको गुनासो व्यत्त गर्न थालेका छन ।
गाउँका युवाहरु सबै विदेशिएका कारण गाउँमा बूढापाका, महिला र बालबालिका मात्र गाउँमा रहेको भन्दै आफुहरु अझै टहरामैँ सिसमत भएको सुर्यगढी गाउँपालिकाकी सुभद्रा सापकोटाले बताउनुभयो । सापकोटाले भन्नुभयो गाउँगाउँमा निर्वाचि जनप्रतिनिधि र देशमा सबै सांसद फेरिए हामी भने अझैसमेत टहराबाट घरमा प्रवेश गर्न सकिरहेका छैनौ । सापकोटाले निर्वाचित जनप्रतिनिधिहरुले आफुहरुलाई खासै पुननिर्माणमा सहयोग नगरेको बताउनुभयो ।
प्रदेश नं ३ को प्रदेशसभाको वैठक मकवानपुरको हेटौडामा तामाझामका साथ वसीरहेको वेला भुकम्पपिडितहरुले आफ्नै घरमा वस्न नपाएको गुनासो व्यत्त गरेका हुन । सुभद्राको जस्तै पिडा सुर्यगढीकै श्याम तामाङको पनि छ । तामाङले घर वनाउन वालुवा र गिट्टि तथा कामदाहरुको अभावमा घर बनाउन नसकेको भन्दै अझै टहरामा वस्नुपरेको बताए । तामाङले आफ्ना तिन छोरा भएपनि घर बनाउन कुनैपनि छोरा नेपालमा नभएको भन्दै निर्वाचनअघि निर्वातिच सांसदहरुले केही गर्लान भन्ने लागेपनि आशा निराशामा परिवर्तन भएको गुनासो व्यत्त गरे ।
त्यस्तै विदुर नगरपालिकाको सिमुटारमा बस्दै आएका अर्का भुकम्पपिडित हरि नेपालीले जिवन गुजारा गर्नका लागि भन्दै ज्यामी काम गर्न सुरु गरेको सुनाए । नेपालीले थोरै ज्यालामा काम गर्नुपर्दा साँझ बिहानको छाक टार्नसमेत हम्मे हम्मे परेकोले घर बनाउन नसेको बताए । नेपालीले सरकारले दिएको अनुदान रकमसमेत आफुले नपाएकोले झुपडिमै वस्नुपरेको बताए ।











प्रतिक्रिया