नाकाबन्दीको हल्लाले नून लिनेको घुईचो


मुगु । प्रतिनीधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको परिणाम पश्चात अव नेपालमा भारतीय नाकाबन्दी हुन सक्ने हल्लाका कारण हिजो आज नेपाल साल्ट ट्रडिङ्ग कर्पोरेशन मुगुको वितरण केन्द्रमा नुन लिने स्थानीयवासीको घुईचो लाग्ने गरेको छ ।

निर्वाचनको परिणाम पछि देशमा बामपन्थीको बहुमतिय सरकार बन्ने यसबाट भारतले नेपाल माथि नाकाबन्दी गर्न सक्ने शंका उपशंकाका कारण जिल्लाका स्थानीयवासीले नाकाबन्दी भए नुन अभाव हुन सक्ने भन्दै नुन लिन आएको बताएका छन ।

नेकपा एमालेका अध्यक्ष केपी ओली प्रधान मन्त्री बनेको समयमा भारतले नाकाबन्दी गर्दा नेपालमा दैनिक उपभोग्य बस्तु, खाना पकाउने, ग्याँस, डिजल, पेट्राल लगायत निर्माण सामाग्रीको समेत अभाव भए भएको थियो ।

अहिले पनि केपी ओली प्रधान मन्त्री बन्ने र देशमा बाम पन्थीहरुको सरकार बनेपछि पनि नाकाबन्दी हुने र नुन समेत भारतबाट आउने भएकाले नुनको अभाव हुनसक्छ भन्ने गाउँमा हल्ला चलेकाले आफु नुन लिन आएको छायानाथ रारा नगरपालिका वडा नम्बर ६ का स्थानीयवासी मयलाल बोहोराले बताए ।

बोहोरा जस्तै साल्ट टे्रडिङ्गको नुन वितरण केन्द्रमा पुगेका छायानाथ रारा नगरपालिका वडा नम्बर पाँचका महेन्द्र विकले पनि नेपालमा ओलीको नेतृत्वमा बाम पन्थी सरकार बन्न लागेको र ओलिले ठुल ठुला कुरा गर्ने काम केहि गर्न नसक्ने र भारतलाई रुष्ट बनाई नाकाबन्दि निम्त्याउन सक्ने भएकाले नाकाबन्दिमा नुनको अभाव टार्न समयमा नै नुन लिन् आएको बताए । गाउँमा अब नाका बन्दि हुने, बजारमा दैनिक उपभोग्य बस्तुसंगै नुनको समेत अभाव नहोस भनेर नुन लिन आएको वडा नम्बर पाँचकि माया रोकायाले बताईन ।

विगतमा दैनिक आठ दश जना आउने र दश विस केजी बाहेक बढि नुन नलिने सर्व साधारणहरु आठ दश दिन यता देखि चालिस पचास केजी नुन लिएर जाने गरेका थिए भर्ने २ साता यता ३०० क्वीण्टल नुन बितरण भएको नेपाल साल्ट ट्रडिङ्ग कर्पोरेशन मुगु शाखाका प्रमुख खगेन्द्र कार्कीले जानकारी दिए । दश दिन यता दैनिक चालिस देखि असी क्वीण्टलसम्म नुन विक्रि हुने गरेको शाखा प्रमुख कार्कीको भनाई छ ।

नेपाल सरकारले आयोडिन मिसाईएको नुन सर्व साधारण तथा उपभोक्तालाई प्रति केजी ९ रुपैयाँको दरले उपलब्ध गराउदै आएको छ जुन नुन भारतबाट आयात हुने गरेको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।