यमलाल भुसाल, बुटवल । रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका १४ निवाषी वर्ष ८१ का वृद्ध विगत ८ दिन देखि बेपत्ता भएको भन्दै घर परिवारले खोजि गरि दिन आग्रह गरेका छन ।
तिलोत्तमा नगरपालिका १४ खैरिया निवाषी मन बहादुर गोदार गत विहिवार साझँ ५ वजे घरवाट वाहिर निस्केको र हालसम्म सम्र्पकमा नआएकोले घर परिवारले आफन्तहरुकोमा खोजी गर्दा समेत फेला नपरेकोले पत्तालगाईदिन प्रहरी र मिडियालाई आग्रह गरेका छन ।
दुई छोरा ५ छोरीका वुबा वृद्ध गोदारको मानसिक सन्तुलन समेत त्यति राम्रो नभएको निलोटोपी, खाकीरंगको हाईनेक र हाप पाईन्ट लगाएका सेतो दाढी पालेका वृद्ध गोदारलाई जो कोहीले फेला पारेमा देखेमा मोवाईल नम्बर ९८०५४७३३७७ र ९८००७०९८०० मा सम्र्पक गरि दिन छोरा रुपेन्द्रले अनुरोध गर्नु भएको छ ।











प्रतिक्रिया