म्याड्रिडमा जारी अन्तराष्ट्रिय पर्यटन मेलामा नेपालको सहभागिता



नेपाल समाचारपत्र, काठमाडौँ ।

नेपाल पर्यटन बोर्ड एवं नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्सको(नाटा) संयुक्त सहकार्यमा स्पेनको राजधानी म्याड्रिडमा जारी ३८ औँ अन्तराष्ट्रिय पर्यटन मेला ‘फितुर’ मा नेपालले पनि सहभागिता जनाएको छ ।

पर्यटन मेलामा पर्यटन क्षेत्रसँग सम्बन्धित नेपालका ११ बटा कम्पनीहरुले मेलामा नेपालले आफ्नो उल्लेखनीय सहभागीता जनाएको थियो ।

नेपाल पर्यटन बोर्डका अनुसन्धान योजना तथा अनुगमन महाशाखाका निमित्त निर्देशक सुनिल शर्माले नेपालको फरक परम्परा सांस्कृतिक संम्पदा नेपाली पहिचान नेपाली पर्यटन गन्तव्यको बारेमा जानकारि प्रदान गर्नु नै मेलामा नेपाली सहभागिताको मूल उदेश्य रहेको बताउनु भयो।

उहाँले हरेक पृथक गन्तव्य जातजाती भाषा पृथक मठमन्दिर नेपालको प्राकृतिक विशेताको बारेकमा जानकारी गराएर नेपाल पर्यटन गनतव्यको प्रर्वधन गर्न सफल भएको शर्माले बताउनु भयो ।

बोर्ड एंव नाट्टाद्वारा प्रकृति, संस्कृति र साहसिक पर्यटकिय गतिविधिहरुको उत्कृष्ट गन्तव्यस्थलको रुपमा नेपाललाई यूरोपेली नागरिकहरुको माझमा प्रचार प्र्रसार गरियो भने नेपाल एक प्र्रचुर पर्यटकिय संभावना बोकेको साथै जैविक विविधतायुक्त मुलुकका रुपमा संभाव्य उपभोक्तामाझ समेत प्रवद्र्धन गर्ने कार्य भएको जनाएको छ ।

नेपालको महत्वपूर्ण पर्यटन बजारको रुपमा रहेको यूरोपेली राष्ट्र स्पेनमा आयोजना भैएको विश्व कै ठूलो मध्येको पर्यटन मेलाका रुपमा स्थापीत क्षेत्र नेपाल प्रवद्र्धनका लागि मेला उपयुक्त माध्यम हुदै आएको शर्माले बताउनु भयो वन्यजन्तु व्यावस्थापन गर्नको लागि नेपाल बाट धेरै कुरा सिक्न सकिने बताउनु भएको थियो यसलाई नै आधार गरेर हामीले वन्यजन्तु व्यावस्थापन गर्न र गदै आएको बारेमा समेत राम्रो सन्देश प्रवहा गर्न सफल भएको शर्माले बताउनु भयो ।

नेपाल पर्यटन बोर्ड एवं नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स प्रर्दशनिका रुपमा रही यस मेला मार्पmत नेपाललाई महत्वपूर्ण पर्यटकिय गन्तव्य स्थलका रुपमा प्रवद्र्दन गरि ररेको थियो । भने सहआयोजक का रुपमा नेपालका ११ वटा कम्पनीहरुले आफ्नो ब्यवसायिक प्याकेज सम्भाब्य उपभोक्ताहरु माझ प्रवद्र्दन गरेका थिए ।

बोर्ड एंव नाट्टाद्वारा प्रकृति, संस्कृति र साहसिक पर्यटकिय गतिविधिहरुको उत्कृष्ट गन्तव्यस्थलको रुपमा नेपाललाई यूरोपेली उपभोक्ताहरुको माझमा प्रचार प्र्रसार गरिदैछ भने नेपाल एक प्र्रचुर पर्यटकिय संभावना बोकेको साथै जैविक विविधतायुक्त मुलुकका रुपमा संभाव्य उपभोक्तामाझ समेत प्रवद्र्धन गर्ने कार्य भएको थियो ।

यूरोपेली पर्यटकहरु विशेष गरी पदयात्रा, पर्वतारोहण लगायतका साहसिक क्रियाकलापका लागि नेपाल भ्रमणमा आउने भएतापनि आगामी दिनमा योग, ध्यान लगायतका आध्यात्मिक गतिविधिका लागि समेत नेपाल भ्रमणमा आउने यूरोपेली पर्यटकको संख्या बृद्धि हुने संभावना समेत रहेको छ ।

मेला विश्वभरि बाट १ सय ६५ देशको सहभागीता रहेको छ ,१हजार भन्दा बढी कम्पनी एवं सस्थाहरु प्रर्दशनीमा का रुपमा मेलामा सहभागी भए । फितुर मेला यूरोपकै सबै भनदा ठूलो मेलाको रुपमा लिने गरिएको छ ।

सन् १९८० मा पहिलो संस्करण आयोजना भएको थियो स्पेनका प्रधानमन्त्री मारियानो राखोयले समेत मेलाको अबलोकन गरेका छन्। जनवरी १७ देखि २१ सम्म पाँच दिन सम्म चलेको मेलामा पर्यटन क्षेत्रका बिभिन्न विधाहरुमा उत्कृष्ट कम्पनीहरुलाई अवार्ड समेत प्रदान गरिन्एको थियो भने नेपाल बाट पर्यटन ब्यबसाय सँग सम्वन्धी करिव २ दर्जन नेपालीले सहभागिता जनाएका थिए । नेपालले करिव १६ बर्ष देखि मेलामा सहभागिता जनाउदै आएको छ।

मेलामा विभिन्न देशका टुर अपरेटरहरुसँग प्रत्यक्ष कुराकानी गर्दै नेपालका कम्पनीहरुले प्याकेज लिने, किन्ने र नेपालको बारेमा जानकारि प्रदान गरिएको थियो ।

अवलोकनकर्ताको पदमार्गमा बढि चासो

नेपालको स्टलमा भमणमा आउने बढीजसो आगन्तुकले पदयात्रा, पर्वतारोहण लगायतका बिषयमा जिज्ञासा राखेको, कतिपय आगन्तुकहरुले योग एव आध्यात्मबादका सम्बन्धमा समेत जिज्ञासा राखेको पाइयो शर्माले भन्नु भयो ।

पर्यटकहरु विशेष गरी पदयात्रा, पर्वतारोहण लगायतका साहसिक क्रियाकलापका लागि नेपाल भ्रमणमा आउने भएतापनि आगामी दिनमा योग, ध्यान लगायतका आध्यात्मिक गतिविधिका लागि समेत नेपाल भ्रमणमा आउने संभावना समेत रहेको शमाको दावी छ ।

अनलाईनमार्फत पनि नेपाललाई एक महत्वपूर्ण गन्तव्यको रुपमा प्रचार प्रसार गरिएको हुनाले ट्राभल वल्गर हरुलेपनि नेपाल संम्बन्धी चासो देखाएको र छिटै नेपाल भ्रमण गर्ने जानकारी गराइएको छ । नेपाल स्टलमा आएका बढी जसो आगन्तुकहरुले नेपालका प्रमुख पर्यटकीय स्थलहरु तथा नेपालका पर्यटकीय संम्पदाहरुका बारेमा विशेष अभिरुचि राखेको शर्माले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्