दुर्घटनामा तीनको मृत्यु


 

मेलम्ची। तातोपानीबाट बाह्रबीसेतर्फ आउँदै गरेको ना१ च९९५० नंको बोलेरो गाडी आज अपराह्न बाह्रबीसे नगरपालिका–६ सखुवास्थित अरनिको राजमार्गमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बाह्रबीसे– ८ मानेश्वराकी गोमा तामाङ, वडा नंं ६ की पासाङ तामाङ र वडा नंं ९ की समीक्षा गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक मोहनप्रसाद पोखरेलले बताउनुभयो ।

राजमार्गमा अनियन्त्रित भई गाडी दुर्घटना भएको बताइएको छ । दुई जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा काभे्रपलाञ्चोकको धुलिखेल अस्पतालमा मृत्यु भएको उहाँले जानकारी दिनुभयो । दुर्घटनामा अन्य आठ जना घाइते भएकामासोही अस्पतालमा उपचार भइहेको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।