मोटसाइकल चोरीमा संलग्न ८ जना पक्राउ

0
Shares

नेपाल समाचारपत्र, भद्रपुर।

मोटरसाइकल चोरीमा संलग्न भएको आरोपमा झापामा ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

अभियुक्तको साथबाट ६ वटा मोटरसाइकल समेत बरामद गरेको इलाका प्रहरी कार्यालय विर्तामोडले जनाएको छ ।

लामो समयदेखि झापाको बिर्तामोडमा मोटरसाइकल हराउने क्रम बढेकोसगै प्रहरीले थालेको नियन्त्रण अभियान अन्तर्गत आठ मानिससहित छ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ । यातायात ब्यवस्था कार्यालय मेचीमा हेर्दा पक्राउ परेका सवारी साधन दर्ता नभएको पाइएको प्रहरीले जनाएको छ ।

प्रहरीले झापाको विर्तामोड नगरपालिका वडा नं. ६ का सुदिप रिजाल, १० का विरेन्द्र लिम्बु, २ का हरि न्यौपाने, कचनकवल गाँउपालिका २ का संजोग लिम्बु, कन्काई नगरपालिका २ का विशाल पुरी, अभिषेक मगर, अर्जुनधारा नगरपालिका २ का ओम प्रकाश सेन्चुरी (विश्वकर्मा) र भद्रपुर नगरपालिका २ का युवराज राई रहेका छन् ।

अभियुक्तका साथबाट प्रहरीले दुइवटा रोयल इन्फिल्ड (बुलेट) र चारवटा बजाज कम्पनिको पल्सर मोटरसाइकल बरामद गरेको बताएको छ । बिर्तामोड प्रहरीका डिएसपी कृष्ण प्रसाद कोइरालाले पक्राउ परेका मोटरसाइकल मेची भन्सार कार्यालय काकडभिट्टा पठाएको बताए । पक्राउ परेकामाथी अदालतबाट म्याद थप गरि अनुसंधान शुरु गरिएको जानकारी उनले दिए ।