मत माग्न खेतमा धान काट्न जाने सिलवाल धन्यबाद दिन घोडामा



काठमाडौँ । ललितपुर क्षेत्र नम्बर १ बाट वाम गठबन्धनका साझा उम्मेदवार बनेर प्रतिनिधिसभामा विजयी नवराज सिलवाल मतदातालाई धन्यवाद दिन व्यस्त छन । निर्वाचन अघि मतदाताको खेतमा धान काटेका सिलवाल धन्यवाद दिन घोडा चढेर ललितपुरको गाउँ डुलिरहेका छन । सिलवालले पहिला खेतमा गएर धान काटेको नाटक गरेर अहिले घोडा चढेर गाउँ डुलेको भन्दै समाजिक सञ्चालनमा चर्को बिरोध सुरु भएको छ । पत्रकारहरु डिल्ली आचार्य र खगेन्द्र पन्तले पनि फेसबुक मार्फत सिलवाल शैलीको आलोचना गरेका छन ।

प्रतिक्रिया दिनुहोस्