‘म कुटिए, प्रहरीले दोषीलाई काबार्ही गरेन’



पर्वत(नेस) । पर्वतका एक शिक्षकले आफुँ सार्वजनिक स्थलमा कुटपिटमा पर्दा पनि प्रहरीले दोषीलाई काबार्ही नगरेको आरोप लगाएका छन ।
पर्वतको बिहादी गाउँपालिका वडा नं १ बाच्छा स्थित जनप्रयि आधारभूत बिद्यालयका शिक्षक शिबबहादुर पाठकले आफुँ माथि कुटपिट गर्ने दोषीलाई प्रहरीले काबार्ही नगरेको आरोप लगाएका हुन ।
पाठकले बिज्ञप्ती प्रकाशित गर्दै आफुँलाई सार्वजनिक स्थलमा कुटपिट गर्ने फलेवा नगरपालिका वडा नं ११ आम्डीका हर्कबहादुर कँडेल क्षेत्री र सोमबहादुर कँडेल क्षेत्रीले कुटपिट गरेर सख्त घाइते भएपनि प्रहरीमा मुद्दा दर्ता गर्न जाँदा बिभिन्न बहाना बनाएर नगरेको बताएका छन । ‘प्रहरीले पिडीतको कुरा नसुन्ने र पिडकको कुरा सुनेर अन्याय गर्ने काम भएको छ’ उनले बिज्ञप्तीमा भनेका छन ‘खुलेआम सर्वाजनिक स्थलमा एक शिक्षक मरणासन्न हुनेगरी कुटिँदा समे तन्याय नपाएकाले न्यायको खोजीको लागि आब्हान गर्दछु’ । मंसिर २४ गते बेलुका ८ बजे सामान किन्न जाँदा नेपाली कांग्रेस वडा कमिटीका कोषाध्यक्ष समेत रहेका हर्कबहादुर र कांग्रेसी कार्यकर्ता सोमबहादुरले रिसइवी साँध्न कुटपिट गरेको उनले बताए ।
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डिएसपी दिलिप घिमिरेले पिडक र पिडीत भनिने तीनै जना संगै बसेर मादक पर्दाथ सेवन गरेको र पाठकले नै निहुँ खोजेर झगडा परेको देखिएकाले अरोपितहरुका बिरुद्ध मुद्दा चलाउन नसकिएको बताए । घटनाको बारेमा स्थानियबासी र अन्य पक्षलाई बुझ्ने क्रममा उनको टाउको लागेको चोट पनि आरोपितहरुको कुटपिटबाट नभएको बुझिएकोले उपचार खर्च तिर्ने गरि सहमति गर्न सुझाब दिएको बताए ।

प्रतिक्रिया दिनुहोस्