८० न्यायाधीश नियुक्ति प्रकरणः विवादको अन्तिम सुनुवाइ आज हुँदै



नेपाल समाचारपत्र, काठमाडौँ ।
गत वर्ष उच्च अदालतहरुमा नियुक्त भएका ८० जना न्यायाधीशको नियुक्ति विवादसम्बन्धी मुद्दाको सर्वोच्च अदालतमा बिहिबार अन्तिम सुनुवाइ भैरहेको छ । सो मुद्दा न्यायाधीशत्रय ओमप्रकाश मिश्र, वमकुमार श्रेष्ठ र डम्बरबहादुर शाहीको पूर्ण इजलासको पहिलो नम्बरमा राखिएको सर्वोच्च स्रोतले जनाएको छ । यसअघि मंसिर १४ गते सो मुद्दा हेर्न समय नरहेको भन्दै त्यसलाई सारिएको थिायो ।
दलगत भागबण्डाको आधारमा न्यायाधीश नियुक्ति गरेको भन्दै नायब महान्यायाधीवक्ता दुर्गाबन्धु पोखरेल, अधिवक्ताहरु डिलहरी शर्मा, प्रकाशकुमार काफ्ले, सुरेन्द्रप्रसाद यादव र तोयानाथ ढुंगानाले सर्वोच्चमा मुद्दा दर्ता गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्