एमाले अन्य पार्टीसँग सहकार्य गदै अघि बढ्छः एमाले अध्यक्ष ओली



पुष्कर बुढाथोकी, भक्तपुर ।
नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशको समृद्धि र विकासका लागि जनताले क्रान्ती कै शैलीमा अभिमत प्रकट गरेको बताउनुभएको छ । बालकोट स्थित आप्mनै निवासमा अध्यक्ष ओलीलाई विजयको बधाइ दिन आएका विभिन्न संघ, संस्थाका प्रतिनिधिहरुलाई सम्बोधन गर्दै उहाँले गत २१ गते सम्पन्न प्रतिनिधी तथा प्रदेशसभा निर्वाचनमा जनताले अभिमतको क्रान्ती गरेको बताउनु भयो ।

चुनावका बेला प्रतिस्पर्धी भएकोले काँग्रेससँग केही घोचपेच भए पनि अब त्यो अध्याय सकिएको ओलीको भनाई थियो । अब पाँचबर्षका लागि चुनावी प्रतिस्पर्धा सकिएको बताउँदै अब एमाले अन्य पार्टीसंग सहकार्य गरेर अघि बढ्ने उल्लेख गर्नुभयो । अध्यक्ष ओलीले अबको नेपाल विकास र समृद्धिको यात्रामा अघि बढेकोले निजी क्षेत्रको भूमिका त्यसै अनुसार हुनुपर्नेमा जोड दिनुभयो ।

अब देश निर्माणमा लाग्नु पर्ने भएकोले सबै शक्ति एकजुट भएर अघि बढ्नुको विकल्प नभएको उहाँले बताउनुभयो । आगामी सरकार क्षमताहिन मानिस थोपर्ने ठाउँ नहुने बताउँदै ओलीले ओलीले भ्रष्टाचार नियन्त्रण र लोकतन्त्रलाई जीवन पद्धतीको रुपमा अघि बढ्न निजामती कर्मचारीहरुलाई अध्यक्ष ओलीले आग्रह गर्नुभयो ।

उहाँले उद्योगी व्यावसायीहरुलाई ढुक्क भएर उद्योग कलकारखानमा लगानी गर्न ओलीले सुझाव दिनुभयो । उहाँले अब हड्ताल र बन्दको युग सकिएको उल्लेख गर्दै अब उत्पादन, विकास र समृद्धिको युग सुरु भएकोले ढुक्क भएर लगानी गर्न ब्यबसायीलाई आग्रह गर्नुभयो ।

ओलीलाई बधाइ दिन अनेरास्ववियूका अध्यक्ष नविना लामा, नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष केदार देवकोटा, आधिकारीक ट्रेड युनियनका अध्यक्ष पुण्यप्रसाद ढकाल, च्याम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठको टोली बालकोट स्थित उहाँको निवासमा आएको थियो ।

प्रतिक्रिया दिनुहोस्