एमालेबाट समानुपातिकतर्फ ९५ प्रतिशत महिला हुने



काठमाडौं  । पहिलो पार्टी बन्दा पनि समानुपातिकतर्फ एमालेका पुरुष उम्मेदवारहरुले सांसद बन्ने अवसर नपाउने भएका छन् । संविधानको प्रावधानअनुसार समानुपातिकतर्फ लगभग सबैजसो सिटमा एमालेले महिलालाई पठाउनुपर्नै छ ।
हरेक पार्टीले प्रत्यक्ष र समानुपातिक मिलाएर ३३ प्रतिशत महिला सहभागी गराउनुपर्ने प्रावधान छ । प्रत्यक्षमा ८० सिट एमालेले जितेकोमा त्यसमा एक मात्र महिला छिन् । समानुपातिकतर्फ एमालेले करिब ४० सिट ल्याउने पक्का भइसकेको छ । प्रतिनिधिसभामा एमालेले कम्तीमा एक सय २० ल्याउने छ ।
एक सय २० लाई नै आधार मान्ने हो भने पनि त्यसको ३३ प्रतिशत ४० हुन्छ । प्रत्यक्षतर्फ १ र बाँकी समानुपातितर्फबाट ३९ जना महिलाहरु नै हुनुपर्ने हुन्छ । जसअनुसार समानुतपातिकतर्फका एमालेका १÷२ जना पुरुष उम्मेदवारले  मात्र प्रतिनिधिसभाको सदस्य हुने अवसर पाउनेछन् ।
समानुपातिकतर्फ एमालेले १ सय ९ जना उम्मेदवारको बन्दसूचि बुझाएको छ । जसमा बिजय सुब्बा, गंगा यादब, एकनाथ ढकाल, खगेन्द्र राई, केशवलाल श्रेष्ठ, अइन्द्र नेम्वाङ, चुडादेवसिंह लामा घिसिङ, मणि कुमार लिम्बु लगायतको नाम छ ।

प्रतिक्रिया दिनुहोस्