आज प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानी तोक्ने सरकारको तयारी



नेपाल समाचारपत्र, काठमाडौँ ।
मन्त्रिपरिषदको नियमित बैठक बिहिबार बस्दैछ। कामचलाउ अवस्थामा रहेको सरकारले आजको बैठकबाट प्रदेशको अस्थायी मुकाम र लगत्तै प्रदेश प्रमुखको नियुक्ति गर्ने तयारी गरेको छ ।

एमालेले भने काम चलाउ सरकारले त्यस्ता कुनै ठूलो निर्णय नर्गन सरकारलाइ आग्रह समेत गरेको छ । केहि दिन अगाडी एमालेका महासचिव ईश्वर पोखरेलले जारी गरेको प्रेस विज्ञप्तिमा काम चलाउ सरकारले जारी गरेको सबै निर्णय नयाँ बन्ने वाम गठबन्धनको सरकारले खारेज गर्ने भनेर उल्लेख गरिएको छ ।

यस विषयमा प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले भने प्रदेश प्रमुख नतोकिए प्रदेशसभाका जनप्रतिनिधिले सपथ समेत लिन नसक्ने भएकाले ‘स्वतन्त्र’ व्यक्तिलाई प्रमुखको रूपमा तोक्न लागिएको स्पष्ट पारेका छन् । पूर्वाधारको आधारमा सरकारले संम्भवत प्रदेश १ को धरान, इटहरी वा विराटनगर, प्रदेश २ को जनकपुर वा वीरगन्ज, प्रदेश ३ को ललितपुर वा भक्तपुर, प्रदेश ४ को पोखरा, प्रदेश ५ को दाङ वा बुटवल, प्रदेश ६ को सुर्खेत र प्रदेश ७ को दिपायल तोक्ने निर्णय भएको बताइएको छ ।

अस्थायी राजधानी तोकेर प्रदेशसभा सञ्चालन गर्ने स्थल, प्रदेश प्रमुख, प्रदेशसभाका सभामुख र मुख्यमन्त्रीको कार्यालय लगायतस्थल तोक्ने तयारी भएको सहरी विकास मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्