भोजपुर । समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतको मतगणनानुसार नेकपा एमालेले सबैभन्दा धेरै मत प्राप्त गरेको छ ।
प्रत्यक्षतर्फको मतगणना सकिएपछि शुरु भएको समानुपातिकतर्फको मतगणना गए सोमबार राति सकिँदा एमालेले २५ हजार ९९, नेपाली कांग्रेसले १५ हजार ७ सय १० र माओवादी केन्द्रले ११ हजार १ सय ५४ मत ल्याएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । प्रतिनिधिसभामा कुल ६५ हजार ९०८ मत खसे पनि नौ हजार १५ मत बदर भएको थियो ।
प्रदेशसभा (क) मा एमालेले १२ हजार १ सय ९१, कांग्रेसले सात हजार ९६० मत र माओवादी केन्द्रले चार हजार ९ सय ३७ मत ल्याएको छ । प्रदेशसभा (ख) मा भने एमालेले ११ हजार ३ सय ३१, कांग्रेसले पाँच हजार ५ सय ४४ र माओवादी केन्द्रले छ हजार ९३ मत ल्याएको सहायक निर्वाचन अधिकृत मणिराम पोखरेलले जानकारी दिए ।











प्रतिक्रिया