पर्वत । समानुपातिकतर्फको मतगणनामा नेकपा एमालेले सबैभन्दा बढी मत प्राप्त गरेको छ । प्रतिनिधिसभाको समानुपातिक मतमध्ये एमालेले ३० हजार ९ सय ९९ र नेपाली कांग्रेसले २५ हजार १ सय ९० मत प्राप्त गरेका छन् ।
यसैगरी नेकपा माओवादी केन्द्रले छ हजार ४ सय ४९, विवेकशील साझा पार्टीले एक हजार ५ सय ७१, राप्रपाले ५ सय २५, राप्रपा प्रजातान्त्रीकले १ सय ५३ र संघीय समाजवादी फोरम नेपालले ४० मत प्राप्त गरेका छन् ।
त्यस्तै नेकपा मालेले १ सय ७६, राष्ट्रिय जनमोर्चाले ४ सय ७५, राष्ट्रिय जनमुक्ति पार्टीले ३ सय ८६, नेपाली जनता दलले १ सय १२ र नयाँ शक्ति पार्टी नेपालले २ सय २७ मत प्राप्त गरेका छन् ।
प्रदेशसभातर्फको मतगणनामा पनि एमाले नै अगाडि देखिएको छ । एमालेले २८ हजार २ सय ७४, कांग्रेसले २३ हजार ९ सय ७६ र माओवादी केन्द्रले ८ सय ३८ मत प्राप्त गरेका छन् ।
विवेकशील साझाले ९ सय ७९ र राप्रपाले ७ सय २३ मत प्राप्त गरेका छन् । अन्य राजनीतिक दलले भने न्यून मत प्राप्त गरेको जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माले जानकारी दिए । समानुपातिकमा पाँच सयभन्दा बढी मत ल्याउनेमा अन्य पाँच दल छन् ।











प्रतिक्रिया