​२२ उपसचिव सहसचिवमा बढुवा



काठमाडौं  ।  निजामती प्रशासनमा २२ जना सिनियर उपसचिवहरु सहसचिव बढुवामा सिफारीस भएका छन् । आइतबार बसेको बढुवा समितिले जेष्ठता र कार्यसम्पादन मूल्याङकने आधारमा बढुवा सिफारीस गरेको हो ।
बढुवा सिफारीस हुनेहरुमा प्रशासनतर्फका उपसचिवहरु रामकृष्ण गुरागाई, लावण्यकुमार ढकाल, चुर्तभुज ज्ञवाली, देवीप्रसाद ज्ञवाली, सनतकुमार दुवाडी, भरत बहादुर ढुङगाना, युवराज सुवेदी, सन्तोष श्रेष्ठ र हरि प्रसाद फुयाल छन् । त्यस्तै रमेशप्रसाद शिवाकोटी, लालमणि ओझा, दीपन्द्र काफ्ले, यज्ञराज बोहरा, प्रदीपराज कणेल, यत्रबहादुर खत्री, देवीराज भण्डारी, बलदेवप्रसाद जोशी, फणिन्द्रमणि पोखरेल, प्रेम प्रसाद भट्टराई, केशबराज आचार्य र पिताम्बर घिमिरे छन् । त्यस्तै लेखापरिक्षण सेवाबाट विवेकानन्द घिमिरे सहसचिव बढुवामा सिफारीस भएका छन् । बढुवा समितिको सिफारीसअनुसार सरकारले उनीहरुलाइए बढुवा गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्