जुम्रा मार्ने बिषादी टाउकोमा लगाईदिँदा बालिकाकोे मृत्यु, एक गम्भिर



रामधन राई, खोटाङ ।
टाउकोको जुम्रा मार्न टाउकोमा लगाईएको विषादीका कारण खोटाङको७ वर्षिया बालिकाको मृत्यु भएको छ । जुम्रा हटाउन टाउकोमा मेटासिट लगाईदिँदा रुपाकोट–मझुवागढी नगरपालिका–१५ वुइपा निवासी पुष्पराज वास्तोलाकी ७ वर्षिया छोरी सुनिता वास्तोलाको मृत्यु भएको हो ।

मृतक सुनिताकी आमाले राती सुत्ने बेलामाछोरीहरुको टाउकोको जुम्रा मार्न मेटासिट लगाईदिएका थिए । बिहान उठ्दा छोरीहरु सिकिस्त अवस्थामा भेटिएपछि सदरमुकाम दिक्तेलबजारस्थित जिल्ला अस्पतालमा उपचारका लागि ल्याईएको थियो । जिल्ला अस्पतालमा उपचर हुन नसे पछि काठमाण्डौं लैजाँदै गर्दाशनिबार राती साँढे ११ बजे बाटोमा पर्ने खुर्कोटमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुनितासँगै सिकिस्त बनेकीउनकी ११ वर्षिया दिदी भावना वास्तोलाको भने काठमाण्डौको कान्ति बाल अस्पतालमा उपचार भईहेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्