कामचलाउ सरकारबाट धमाधम कार्यकर्तालाई राजनीतिक नियुक्ति



काठमाडौं । कामचलाउन बनिसकेको सरकारले सरकारी संस्थानमा नयाँ नियुक्ति गरेको छ । मन्त्रिपरिषदको सोमवारको बैठकले सन्चार मन्त्री मोहनवहादुर बस्नेतको ठाडो प्रस्तावमा नयाँ नियुक्ति गरेको छ ।

बैठकले चलचित्र विकास बोर्डको अध्यक्षमा निकिता पौडेललाई नियुक्त गरेको छ । पौडेल गोपाीकृष्ण भूमिजकी सन्चालक हुन् । त्यस्तै गोरखापत्र संस्थानको महाप्रबन्धकमा कांग्रेस कार्यकर्ता बसन्तप्रकाश उपाध्यायलाई नियुक्त गरिएको छ ।

स्रोतका अनुसार आर्थिक चलखेलमा बिकास बोर्डको अध्यक्ष नियुक्त गरिएको छ । नयाँ सरकार गठनको लागि जनताले म्याण्डेट दिइसकेको अवस्थामा भएका नियुक्ति आउने सरकारले बदर गर्ने एमाले नेता सुवास नेम्वाङले बताए ।

नेम्वाङले भने‘यदि सरकारले नयाँ नियुक्ति गरेको हो भने त्यो भन्दा लज्जास्पद केही हुदैन । यस्ता निर्णय आउने सरकारले मान्नुपर्छ भन्ने छैन ।’

सोमवारको बैठकले प्रदेश प्रमुखहरुको नियुक्ति र प्रदेशका अस्थायी राजधानी तोक्नेबारेमा भने निर्णय गरेन ।

प्रतिक्रिया दिनुहोस्