सर्लाही–२ मा राजपाका महेन्द्रराय यादव विजयी



सर्लाही । सर्लाही निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य महेन्द्रराय यादव विजयी भएका छन् ।

राजपाका यादवले नेपाली कांग्रेसका जंगीलाल रायलाई १० हजार २ सय १५ फराकिलो मतान्तरले पराजित गरेका हुन् ।

यादवले २९ हजार १ सय ९१ मत ल्याएका छन् । जंगीलाल रायले ११८ हजार ९ सय ७६ मत प्राप्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्