एमाले संयोजक मण्डल राजकुमार लेखीलाई पराजित गर्दै विजयी



काठमाडौं । नेकपा एमालेका दुई नम्बर प्रदेश संयोजक सत्यनारायण मण्डल सप्तरी क्षेत्र नम्बर १ (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् ।

मण्डल ११ हजार ३ सय २ मत सहित राजपाका महामन्त्री राजकुमार लेखीलाई पराजित गर्दै विजयी भएका हुन । लेखीले ९ हजार २ सय ५२ मत प्राप्त गरेका छन् ।

दुई नम्बर प्रदेशमा एमालेले सन्तोष जनक नजिता ल्याउन सकेको छैन । मण्डललाई भने कुनै बेला सप्तरीमा मधेशवादी दलले प्रवेश निषेध गरेका थिए ।

प्रदेश २ मा एमालेले हालसम्म प्रतिनिधिसभामा दुई र प्रदेशसभामा ८ सिटमात्र जितेको छ । प्रतिनिधिसभामा सिरहा ३ बाट लिलानाथ श्रेष्ठ र धनुषा ४ बाट रघुवीर महासेठ बिजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्