अर्धकट्टी सहितको ९ वटा मतपत्र भेटिएपछि गच्छदारको क्षेत्रमा मतगणना रोकियो



नेपाल समाचारपत्र,
सुनसरी क्षेत्र नम्बर ३ को मतगणना स्थगित भएको छ। अर्धकट्टी सहितको नौ वटा मतपत्र भेटिएपछि भएको विवादका कारण मतदान स्थगित भएको हो।

रुखुमा स्वास्तिक चिन्ह भएको नौवटा अर्धकट्टी भेटिएपछि एमालेले उक्त मत बदर गर्नुपर्ने अडान लिएको छ भने कांग्रेसले सदर गर्नुपर्ने भन्दै आएको छ। विवाद नमिलेपछि मतगणना स्थगित भएको हो।

सुनसरी ३ मा वामगठबन्धनका उम्मेदवार भगवती चौधरी र नेपाली कांग्रेसका उम्मेदवार विजयकुमार गच्छदारबीच कडा प्रतिस्पर्धा भइरहेको छ। मतगणना रोकिनुअघि वामगठबन्धनकी चौधरीले १५५ मतले अन्तरले अग्रता कायम गरेकी छिन् भने गच्छदारले मतान्तर घटाउँदै छन्।
भगवतीको २९३२६ मत आएको छ भने गच्छदारको २९१७१ मत आएको छ। करिब २० हजार गन्न बाँकी रहेको जानकारी प्राप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस्