काभ्रे एकमा माओवादीका गंगाबहादुर तामाङ विजयी



काभ्रे । काभ्रे क्षेत्र नम्बर १ मा वाम गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगाबहादुर तामाङ विजयी भएका छन् ।

भर्खर सम्पन्न मतगणपछि सार्वजनिक गरिएको परिणाम अनुसार वामका तामाङले ४३ हजार ६ सय ३१ मत ल्याउँदै प्रतिनिधि सभाको स्थान पक्का गरेका हुन् ।

उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका तीर्थ लामाले ३९ हजार ६ सय ५ मत ल्याउन सफल भएका छन् ।

प्रतिक्रिया दिनुहोस्