भूकम्पपीडितलार्इ ‘अलपत्र छाडेका’ गोविन्द पोखरेल प्युठानमा पछारिए



प्युठान । नेपाली कांग्रेसबाट प्युठानबाट प्रतिनिधि सभामा उठेका पुनर्निर्माण प्राधिकरणका पुर्व कार्यकारी अधिकृत गोविन्द पोखरेल पराजित भएका छन् ।

पोखरेललार्इ प्युठानमा वाम गठबन्धनका तर्फबाट उम्मेदवारी दिएकी राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले फराकिलो मतान्तरले पराजित गरेकी हुन् ।

वरिष्ठ कम्युनिस्ट नेता मोहनविक्रम सिंहकी पत्नी दुर्गा प्युठानबाट प्रतिनिधि सभाका लागि ४७ हजार ५ सय १४ मतसहित विजयी भइन् ।

उता पराजित भएका कांग्रेस उम्मेदवार तथा पुनर्निर्माण प्राधिकरणका पूर्वप्रमुख पोखरेलले ३१, २८६ मत पाएका छन् । दुर्गा र गोविन्दबीचको मतान्तर १६ हजार २ सय २८ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्