बाम गठबन्धन अब नमूना देश बनाउनतर्फ लाग्छ—ओली



पुष्कर बुढाथोकी, भक्तपुर।
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बाम गठबन्धन अब नमूना देश बनाउनतर्फ लाग्ने बताउ नुभएको छ ।

एमालेका युवा नेता महेश बस्नेत सहितको बिजयी एमाले उम्मेदवार टोलीलाई आज आफ्नै निवास बालकोटमा बधाई दिदै ओलीले सामाजिक सद्भाव, राष्ट्रिय एकता कायम गर्दै सम्बृद्ध देश निर्माण गर्ने दायित्व कम्युनिस्ट पार्टीको काँधमा आएको बताउनुभयो ।

उहाँले देशलाई सम्बृद्ध बनाउन कम्युनिस्टहरु गम्भीर र पारदर्शी हुनुपर्नेमा जोड दिंदै ओलीले निर्वाचनअघि वामपन्थी विरुद्ध फैलाइएका भ्रम र सरकारले मच्चाएको अराजकतालाई पराजित गरेको बताउनुभयो । अब देशलाई विकास र सम्बृद्धिको बाटोमा अघि बढाएर नमूना देश बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतपरिणाम सन्तोषजनक रहेको बताँदै उहाँले वामपन्थी गठबन्धनलाई देश बनाउने चुनौति आइपरेको बताउनुभयो ।

देश बिभिन्न किसिमका समस्याबाट गुिज्ररहेको बताउँदै देश बनाउनका लागि नयाँ नीति र कार्यक्रम लिएर अग्रगमनको दिशामा अघि बढ्ने उहाँको भनाई थियो । ओलीले आफूहरु जितमा नमात्तिने र हारमा नआत्तिने संस्कारबाट आएको बताउँदै अब देश राजनीतिक स्थिरताको बाटोमा अघि बढ्ने बताउनुभयोे ।

प्रतिक्रिया दिनुहोस्