रुकुम पश्चिममा बाम गठबन्धनको भब्य बिजय सभा



धनवीर दाहाल, रुकुम
रुकुम पश्चिमबाट प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा क्षेत्र नं १ र २ मा बामगठन्धनका साझा उम्मेदवार बिजयी भएपछि शनिबार भब्य बिजय सभा सम्पन्न भएको छ । बिजय सभालाई सम्बोधन गर्दै नवनिवार्चित प्रतिनिधि सभा सदस्य जनार्दन शर्माले आफ्नो घोषणा पत्रमा उल्लेख भएका प्रतिबद्धता पुरा हुने बताउनुभयो । आगामी ५ बर्ष भित्र रुकुमलाई समृद्ध बनाइने उहाँको भनाई छ । यस्तै प्रदेश सभा क्षेत्र नं १ का प्रदेश सभा सदस्य रातो कामी र २ का सदस्य गोपाल शर्माले पनि रुकुमको विकासका लागी आफुहरुको कर्तव्य भएको बताउनुभयो । प्रतिनिधीसभा सदस्यका लागि पश्चिम रुकुममा वामगठबन्धनका साझा उम्मेदवार तथा नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा भारी मतले विजयी भएका हुन् । शर्माले निकटतम प्रतिद्धन्दी नेपाली काँग्रेसका गोपालजीजंग शाहलाई १८ हजार बढी मतले पराजित गर्दै विजयी भएका छन् । शर्माले ३४ हजार ४ सय २ मत प्राप्त गरेका छन् । शर्माका प्रर्तिस्पर्धी काँग्रेसका शाहले भने १५ हजार ६ सय ५९ मत प्राप्त गरेका छन् । प्रतिनिधीसभाको निर्वाचनमा होमिएका शर्मा र शाहको प्रर्तिस्पर्धालाई यसपटक जिल्लामा रोचक तरिकाले हेरिएको थियो । तर, शर्माले भारी मत प्राप्त गर्दै शाहलाई पराजित गरेपछि पश्चिम रुकुममा वामगठबन्धनले एकलौटी कब्जा गरेको छ । यस्तै प्रदेशसभा सदस्यका लागि पनि जिल्लाको दुवै निर्वाचन क्षेत्रमा बामगठबन्धनकै उम्मेदवारहरु विजयी भएका छन । ६ स्थानीय तह रहेको पश्चिम रुकुममा यसअघि सम्पन्न स्थानीय तहको निर्वाचनमा पनि माओवादी केन्द्रले सबै तहमा जित दर्ता गरेको थियो । माओवादी केन्द्रको बलियो आधार रहेको यो जिल्लामा बामगठबन्धनको तालमेल भएसंगै बामगठबन्धनका उम्मेदवारहरु भारी मतले विजयी भएका हुन । ८४ हजार ३२ मतदाता रहेको पश्चिम रुकुममा ५५ हजार ३ सय ८५ मत खसेको थियो । कुल मतगणना गर्दा ३ हजार ४ सय ७० मत बदर भएको छ ।
विना विभागीय मन्त्रीसमेत रहेका शर्माले २०७० सालको संविधान सभा सदस्यको निर्वाचनमा पनि शाहलाई नै फराकिलो मतान्तरले पराजित गरेका थिए । उक्त निर्वाचनमा शाहको भन्दा शर्माको मत १२ हजार ५ सय ९९ ले बढी थियो । शर्माले २२ हजार ५ सय ७५ मत ल्याउँदा शाहको पक्षमा ९ हजार ९ सय ७६ मत मात्रै खसेको थियो । यो निर्वाचनसँगै शर्मा र शाह तीन पटक आमने सामने भए । २०४८ को प्रतिनिधि सभा सदस्य निर्वाचन, २०७० को संविधान सभा सदस्य निर्वाचन र यो भर्खर मत परिणाम सार्वजनिक भएको निर्वाचनमा यी दुई जनाबीच प्रतिसप्रधा भयो । २०४८ सालमा शाहले शर्मालाई जितेका थिए भने २०७० र यसपाला शर्माले शाहलाई पराजित गरेका छन । यसै गरी प्रदेश सभा क्षेत्र नं १ मा बाम गठबन्धन तर्फ माओबादी केन्द्रका रातो कामीले १६८१० मत ल्याएका छन् भने उनका प्रतिद्धन्दी नेपाली कांग्रेसका कृष्णबहादुर रोकाले ८५७७ मत प्राप्त गरेका छन् । प्रदेश सभा क्षेत्र नं २ मा पनि बाम गठबन्धन तर्फ माओबादी केन्द्रका गोपाल शर्मा अनलले १८६४० मत प्राप्त गरी बिजयी भएका छन् भने प्रतिद्धन्दी नेपाली कांग्रेसका खड्ग डाँगीले ८१२७ मत प्राप्त गरेका छन् ।
नवनिबार्चति प्रतिनिधि सभा र प्रदेश सभा सदस्य कसरी यहाँ सम्म पुगे ?
नाम : जनार्दन शर्मा
प्रतिनिधि सभा सदस्य रुकुम पश्चिम
रुकुमको खलंगा ३ (हाल मुसिकोट नगरपालिका) ५ सेरीगाँउमा २०२० सालमा जन्मिएका जर्नादन शर्माले बिए सम्मको शिक्षा हासिल गरेका छन् । तत्कालिन माओबादीले थालेको शसस्त्र संघर्षको बेला तत्कालिन जनमुक्ती सेनाको डेपुटी कमाण्डर भएका शर्मा पार्टीमा सक्रिय राजनितिमा लाग्नुभन्दा पहिला भेटनरी जेटिए थिए । तत्कालिन संयुक्त जनमोर्चाबाट राजनितिमा होमिएका शर्माले २०४८ सालमा संयुक्त जनमोर्चावाट चुनाव लडे । उनी त्यतिबेला नेपाली कांग्रेसका उम्मेदवार गोपालजीजंग वाट पराजित भए । गणतन्त्र पछिको पहिलो पटक २०६४ सालमा भएको संविधान सभाको चुनावमा उनले नेपाली कांग्रेसका प्रेमप्रकाश ओलीलाई पराजित गर्दै बिजयी भए । २०७० सालमा भएको संबिधान सभाको दोस्रो निबार्चनमा पनि रुकुम क्षेत्र नं २ बाट नेपाली कांग्रेसका गोपालजीजंग शाहलाई पराजित गर्दै संबिधान सभा सदस्यमा बिजयी भए । २०६४ सालमा शान्ति मन्त्री भएका शर्मा २०७३ सालमा उनी उर्जा मन्त्री भए । उर्जामन्त्री भएको बेला लोकप्रिय काम गरी चर्चा कमाएका शर्मा २०७४ सालमा गृहमन्त्री भएर पनि काम गरिसकेका छन् । २०४८ सालमा नेपाली कांग्रेसका गोपालजीजंग शाहबाट पराजित भएका शर्मा यस पटक प्रतिनिधि सभा सदस्यमा रुकुम पश्चिमबाट २०४८ र २०७० कै प्रतिद्धन्दी शाहलाई पराजित गर्दै ३४ हजार ४ सय २ मत ल्याएर बिजयी बनेका छन् । नवनिर्वाचित प्रतिनिधि सभा सदस्य शर्माले रुकुम पश्चिमको समग्र विकासका साथै संबिधान कार्यान्वन गरी देशलाई समृद्ध बनाउने अभियानमा आफु खट्ने प्रतिबद्धता जनाएका छन् ।

नाम : रातो कामी
प्रदेश सभा सदस्य क्षेत्र नं १
रातो कामी माओबादी केन्द्र भित्रका दलित नेता हुन् । उनले माओबादी केन्द्रमा त्यागी नेताको रुपमा परिचय बनाएका छन् । २०५४ को स्थानीय चुनावमा एमालेबाट निबार्चन जितेका उनी एमालेबाट राजनिति गरेका हुन् । २०५५ तिर माओबादीमा आवद्ध कामीले पार्टी र स्थानीय स्तरमा जनताको मन जितेका छन् । माओबादी केन्द्रका जिल्ला स्तरका प्रभावशाली नेता कामीले निर्बान क्षेत्र नं १का जनताको आदेश अनुसार मात्र अगाडी बढ्ने बताएका छन् । सबै भन्दा ठुलो जनता भएकोले जनताको आदेश भन्दा बाहिर जान नसकिने बताए ।
नाम  गोपाल शर्मा
प्रदेश सभा सदस्य क्षेत्र नं २
उनी २०४५ साल देखी विद्यार्थी राजनीतिमा संगठित भए । सोही बेला राजा फाल्नु पर्ने र गणतन्त्र ल्याउनु पर्छ भन्ने आवाज उठाउन थाले । तत्कालिन नेकपा माओपाली जनयुद्धमा गएपछि उनी भुमीगत भएर राजनीति गर्न थाले । २०५६ सालमा माओवादी केन्द्रको भातृसंगठन अखिल क्रान्तिकारीको केन्द्रिय उपाध्यक्ष बने । पार्टीको पोलिट ब्युरो सदस्य समेत भएका र पार्टी भित्र प्रभावशाली मानिने शर्मा जनतासँग सजिलै घुलमिल हुने सक्ने नेताका रुपमा चिनिन्छ । नवनिबार्चति प्रदेश सभा सदस्य शर्माले आफुलाई मत हालेकोलाई मात्र होइन नहाल्ने मतदातालाई समेत धन्यवाद दिँदै सबैको भावनाको कदर गर्ने बताए । भुलबस तथा केही कुरामा चित्त नबुझेकोले आफुलाई मत नहालेको भएपनि आफ्नो लागी सबै रुकुमका जनता बराबर भएकोले सबैलाई सम्बोधन गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्