एमाले नेता पोख्रेलको मुख्यमन्त्रीमा दाबी



नरेन्द्र केसी, दाङ । दाङ २–१ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएसँगै एमाले स्थायी कमिटी सदस्य शंकर पोख्रेलको पाँच नम्बर प्रदेशको मुख्यमन्त्रीमा चर्चा शुरु भएको छ ।
निर्वाचनअघि नै बामगठबन्धनका मुख्य दल एमाले र माओवादी केन्द्रबीच पोख्रेललाई मुख्यमन्त्री बनाउने सहमति भएको थियो । यो सहमतिका कारणले पनि उहाँको मुख्यमन्त्रीमा चर्चा चुलिएको छ ।
उहाँले कांग्रेसका कमलकिशोर घिमिरेलाई भारी मतले पराजित गर्दै प्रदेश सांसद जितेपछि अब मुख्यमन्त्रीको यात्रा सहज भएको छ । पोख्रेल २० हजार ७२३ मत ल्याई विजयी हुनुभएको छ । प्रतिष्पर्धी कांग्रेका घिमिरेले ११ हजार १७२ मत प्राप्त गर्नुभएको छ ।
निर्वाचित भएलगत्तै आयोजित विजयी ¥यालीलाई सम्वोधन गर्दै पोख्रेलले मुख्यमन्त्रीमा आफ्नो दावी मात्र नभइ सशक्त प्रस्ताव रहेको बताउनुभयो । उहाँले प्रदेशको मुहार फेर्ने आफ्नो सपना रहेको बताउनुभयो ।
को हुन् पोख्रेल
नेपालको बामपन्थी आन्दोलनमा शंकर पोखरेल स्थापित नेता हुनुहुन्छ । विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा प्रवेश गरेका पोखरेलको बैचारिक र राजनीतिक क्षमता र संगठनात्मक कार्यकुशलतालाई उदाहरणीय मानिन्छ । भारतमा अध्ययनरत छँदा उहाँले प्रवासी नेपाली विद्यार्थीहरुको नेताको रुपमा उनीहरुको हक अधिकारको पक्षमा महत्वपूर्ण भूमिका खेल्नु भएको थियो । उहाँले अखिल भारत नेपाली स्वतन्त्र विद्यार्थी युनियनका संस्थापक अध्यक्षलगायतको जिम्मेवारी बहनगर्नुभएको छ । कुनै समय जननेता स्वर्गीय मदन भण्डारीसँग निकै निकट रहेर काम गरेका पोखरेलले अनेरास्ववियुको अध्यक्ष, त्रिभुवन विश्वविद्यालयको स्ववियु सभापति जस्ता भूमिकालाई कुशलतापूर्वक निर्वाहगर्नुभएको छ । विक्रम सम्वत २०१९ सालफागुन १५गते दाङ, तुलसीपुर उपमहानगरपालिका वडा नं. १९, हाडिमेमा बुवा केशवराजशर्मा र आमा तिलकादेबीको कान्छो सन्तानको रुपमा जन्मनु भएका पोखरेल हाल नेकपा एमालेको स्थायी कमिटि सदस्य हुनुहुन्छ ।
२०३६ सालमाभएको विद्यार्थी आन्दोलन, २०४५÷४६ मा पञ्चायती ब्यवस्था अन्त्यकालागि भएको आन्दोलनकोमा नेतृत्वदायी भूमिका खेल्नु भएका पोखरेलले २०६२÷६३ को जनआन्दोलनमा काठमाण्डौको मोर्चावाट आन्दोलनको नेतृत्वगर्नुभएको थियो ।
जनकपुरमाभएको एमालेको सातौ महाधिवेशनमा पोखरेलले अब संविधानसभाबाट नै राजनीतिक निकास खोज्नुपर्छ भन्दै प्रस्ताव लैजानु भएको थियो । संविधान सभामार्फत राज्यको पुनसंरचना आवश्यक रहेको निष्कर्सका साथ उहाँले पार्टीमा राज्य पुनसंरचना सम्वन्धि लिखित दस्तावेज प्रस्तुतगर्नु भएको थियो ।
राज्यको पुनसंरचना सम्वन्धि पार्टीद्वारा गठन गरिएको कार्यदलको उहाँ सचिवहुनुहुन्थ्यो । अघिल्लो संविधानसभामा राज्य पुनर्संरचनाको खाका कोर्न महत्वपूर्ण भूमिका खेल्नु भएका पोखरेल ३२ वर्षको उमेरमा पहिलो पटक २०५१ सालमा दाङको क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित हुनु भएको थियो । पार्टीको आठौ राष्ट्रिय महाधिवेशनले पार्टी जीवनको लोकतान्त्रिकरण सम्वन्धमा उहाँले प्रस्तुत गर्नु भएको पुरक प्रस्तावलाई सर्वसम्मत रुपमा स्विकार गरेको थियो । राष्ट्रिय राजनीतिका प्रमुख मुद्दाहरुका पार्टी दृष्टिकोण निर्माण गर्ने कुरामा समेत उहाँको नेतृत्वकारी भूमिका रहने गरेको छ । उच्चस्तरको बैचारिक क्षमता र कुशलवक्ताको रुपमाउहाँले संसदमासमेत जनसरोकारका विषयलाई जोडदार ढंगले उठाउने सिमित सांसदहरुमा पर्नुहुन्छ । त्रिभुवन विश्वविद्यालयबाट एमबीएतहको अध्ययन पुरा गर्नुभएकापोखरेल भू राजनीति र अर्थशास्त्रबारे राम्रो ज्ञान भएका नेतामध्ये एक हुनुहुन्छ । पोखरेलकी श्रीमती एमाले नेतृ सुजिता शाक्य हाल एमाले केन्द्रीय सदस्य र अखिल नेपाल महिला संघको सचिव हुनुहुन्छ । उहाँहरुका दुई छोरी छन् ।

प्रतिक्रिया दिनुहोस्