गुल्मी २ को प्रदेश सभा २ मा माओवादीका पन्थी विजयी



अनिल खत्री, गुल्मी । निर्वाचन क्षेत्र नँ २ को (२) प्रदेशसभा सदस्यका बामगठबन्धका उम्मेदवार माओवादीका दिनेश पन्थी विजयी भएका छन् । पन्थीका निकटतम प्रतिस्पर्धी कांग्रेसका छन्द बहादुर पहराई मगरले ९५६४ मत लिएर पराजित भएका छन् । पन्थी १७६०१ मत लिएर विजयी भएका हुन् । जसमा मतको अन्तर ८ हजार ३६ मत अन्तरले पन्थी बिजयी भएका हुन् ।
आमा पवित्रा पन्थी र बुवा हुमाकान्त पन्थीको काँखबाट उनी २०२८ चैत १ गते मदाने गाउँपालिका ७ भनभनेमा जन्मिएका पन्थी २०३७ सालदेखी राजनीतिमा सहभागी भएका थिए । विभिन्न कम्युनिष्ट आन्दोलनमा सहभागी भएका उनी विभिन्न पार्टीको नेतृत्वदायी पदमा पुगेका छन् ।
अनेरास्ववियुको साधरण सदस्य बाट राजनीतिक यात्रा सुरु गरेका पन्थी तत्कालिन माले पार्टीको गुल्मी जिल्ला सचिव पनि बनेका थिए । हाल पार्टीमा जिल्ला ईन्चार्ज पोलिटव्युरो सदस्य रहेका पन्थीले लामो समय माओवादीमा योगदान दिएकाले प्रदेशसभा उम्मेदवारको अवसर पाएका थिए ।
पार्टी भित्र सोझा र ईमान्दार मानिने पन्थीले विए राजनीतिक शास्त्र सम्मको अध्यन गरेका छन् । पन्थीले राजनीतिक जिवनमा श्रीमति गिता शर्माको साथ पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्