बाँके–२ मा फोरम, १ र ३ मा वामको अग्रता, अरु सबै पत्तासाफ हुने संकेत



बाँके । बाँकेको क्षेत्र नम्बर–१ मा प्रतिनिधिसभा तर्फ वाम गठबन्धनका महेश्वर गहतराजको अग्रता कायमै रहेको छ ।

कुल १५ हाजार २ सय ९५ मत गणना गर्दा वाम गठबन्धनका महेश्वर गहतराजले ६ हजार १७ मतसहित अग्रता लिएका छन।लोकतान्त्रिक गठबन्धनका माधबराम खत्रीले ४ हजार ७ सय ५४ मतसहित पच्छाई रहेका छन ।

त्यस्तै क्षेत्र नम्बर १ प्रदेश ‘क’ मा १७ हजार ६ सय ४६ मत गणना गर्दा वाम गठबन्धनकी नमुना केसीले ७ हजार १ सय ९७ मतसहित अग्रता लिएकी छिन भने लोकतान्त्रिक गठबन्धनका सरदचन्द्र बर्माले ५ सय २ सय १० मत प्राप्त गरेका छन ।

त्यस्तै बाँके क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा तर्फ संघीय समाजवादी फोरमका मोहम्मद ईस्तियाक राईले अग्रता लिएका छन ।

राईले ३३ हजार १ सय १६ मत गन्दा १२ हजार ७ सउ २३ मत सहित अगाडि छन । त्यस्तैे बाम गठबन्धनका पसुपती दयाल मिश्र ७ हजार ९ सय ६ मतसहित दोश्रो स्थानमा छन ।

लोकतान्त्रिक गठबन्धनका ओमप्रकास आजदले ७ हजार ४ सय ६ मतसहित पच्छाई रहेका छन। प्रदेश सभा ‘क’ तर्फ संघीय समाजवादी फोरमकै उम्मेदवार विजय यादबले ४हजार १९ मतसहित अग्रता लिनुभएको छ भने नेपाली कांग्रेसका निरञ्जनसिंह सिजापती १ हजार ७ सय ४२ मतसहित दास्रो स्थानमा छन ।

त्यस्तै प्रदेश ‘ख’मा नेपाली कांग्रेसका सुरेन्द्र हमालले अग्रता कायम राखेका छन। हमालले ६ हजार ६ सय ५४ मतसहित अग्रता लिनुभएको हो । त्यस्तै संघीय समाजवादी फोरमका दुर्गेशकुमार गुप्ताले ५ हजार ५ सय ८० मतसहित हमाललाई पच्छाई रहेका छन ।

बाँके क्षेत्र नं। ३ को प्रतिनिधिसभातर्फ २३ हजार ७ सय ५५ मत गणना गर्दा वाम गठबन्धनका नन्दलाल रोकायले १२ हजार ९४ मतसहित अग्रता कायम गर्नुभएको छ ।

लोकतान्त्रिक गठबन्धनका बादशाह कुर्मी ९ हजार ३ सय ९० मतसहित पच्छाइ रहनुभएको छ । त्यस्तै क्षेत्र नं ३ प्रदेश ‘क’मा माओवादी केन्द्रका आईपी खरेल १६ हजार ६ सय ७४ मतसहित बिजयी एका थिए।

नेपाली कांग्रेसका चन्तराम थारु १४ हजार ८ सय ९१ प्रप्त गर्नु गरेका थिए।

प्रतिक्रिया दिनुहोस्