स्याङ्जामा तनाव, एमाले कार्यकर्ताद्धवारा निर्वाचन कार्यालय घेराउ, मतगणना सुरु हुने सम्भावना टर्यो



मनोज रेग्मी, स्याङ्जा ।
स्याङजाको चापाकोट नगरपालिकाका चार वटा मतदान केन्द्रमा नेपाली कांग्रेसले एकलौटी मतदान गरेको भन्दै बाम गठबन्धनले पुनः मतदानको माग गरेको छ ।

शिक्षामन्त्री गोपालमान श्रेष्ठको अगुवाइमा प्रहरी प्रशासन र निर्वाचन कर्मचारीकै मिलेमतोमा बुथ कब्जा गरिएको बाम गठबन्धनकी उम्मेदवार पद्मा अर्यालको आरोप लागएकि छन ।चापाकोट नगरपालिकाको सेखामा दुई मतदान केन्द्र र मल्यानकोटका दुई मतदान केन्द्रमा बुथ कब्जा भएको उजुरी निर्वाचन आयोगमा गर्न लागिएपछि कांग्रेस कार्यकर्ता र एमाले कार्यकर्ताबीच झडप भएको छ ।

साथै पुनः मतदानको माग गरेका बाम गठबन्धनका कार्यकर्ताले जिल्ला निर्वाचन कार्यलय नै घेराउ गरेपछि स्थिती अझै तनाव बनेको हो ।

यस विषयमा विवाद उत्पन्न भई दुवै पक्षबीच झडप भएको हो । नेपाल प्रहरीले झडप नियन्त्रणमा लिन नसकेपछि त्यहाँ अहिले नेपाली सेना परिचालन गरिएको छ । मतगणना सुरु हुने कुनै सम्भावना नरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्