गारखा क्षेत्र २ मा ११ सय मतले बाबुराम अगाडी, क्षेत्र १ मा माओवादी केन्द्रका हरि अधिकारी आगाडी



नेपाल समाचारपत्र, गारखा ।
गोरखा क्षेत्र नम्बर २ मा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले आफ्ना प्रतिस्पर्धीलाई ११ सय मतको फराकिलो अग्रता बनाएका छन् ।

विहान ७ बजे सार्वजनिक भएको आधिकारिक निर्वाचन परिणामअनुसार बाबुरामले नारायणकाजी श्रेष्ठलाई करीव ११ सय मतले पछि पारेका थिए ।
पछिल्लो अपडेट अनुसार बाबुरामले ६ हजार ५३४ मत पाउँदा नारायणकाजीको ५ हजार ३९९ मत छ ।

गोरखा क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका हरि अधिकारी अगाडि छन् । उनले ४ हजार ९४५ र कांग्रेसका चिनकाजी श्रेष्ठले ४ हजार ४७० मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्