कार्यकर्ता चुपचाप, विप्लब पत्तासाफ



प्रशान्त वली, काठमाडौ ।
चुनाबको अघिल्लो दिन बेलुकि सम्म बम बिस्फोटका घटना सुनेपनि यो समाचार तयार पार्दा सम्म मतदान कार्य शान्तिपुर्ण भएको छ । राजनितीक दलका शिर्ष नेताले मतदान गर्ने क्रम जारी छ ।

यद्यपी छिटपुट रुपमा मतदान कार्य केहि ढिलो भएपनि अहिले सम्म अप्रिय घटना कतै सुनिएको छैन । दलहरुले चुनाबलाई उत्साहपुर्ण रुपमा लिएर मतदान कार्यलाई भव्य बनाइरहेका छन् ।

सरकारले चुनाब बिरोधी गतिबीधी गर्नेलाई गोलि हान्ने सम्मको अधिकार दिएपछि विप्लवका कार्यकर्ता मौन भएर बसेका छन् । विप्लव निकट स्रोतका अनुसार एक हजार एक सय जना कार्यकर्ता गिरफ्तार भएका छन् । सुरक्षा अधिकारीले चुनावलाई निस्तेज गर्ने कृयाकलाप कहिं गरिए कसैलाई नछोडिएको नछोडिने चेतावनी दिएको छ ।

अहिलेसम्म चुनाव विरोधी अभियान चलाउने ९ सय ५० जनालाई प्रहरीले पक्राउ गरेको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले जनताले चुनाव नचाहेको र उम्मेद्वारहरु आफैं प्रचारमा आउन बिस्फोटका घटना गराएको बताएको छ । चुनावलाई शान्तिपुर्ण बनाउन प्रहरीले कडाईका साथ सुरक्षा दिएपछि विप्लवका कार्यकर्ता तै चुप मै चुप भएर बसेका छन् । यद्यपी आफुहरु चुनाब खारेज अभियानमा रहेको सो पार्टीका नेताहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्