नेपाल र युएईबीचको खेल सुरु,नेपाल टस हारेर ब्याटिङ गर्दै



नेपाल समाचारपत्र, काठमाडौ ।
विश्व क्रिकेट लिग च्याम्पियनसिपको अन्तिम चरण अन्तर्गत नेपाल र युएईबीचको पहिलो खेल सुरु भएको छ ।
दुवईको शेख जायद रंगशालामा नेपालले टस हारेर पहिले ब्याटिङ गरिरहेको छ । नेपालका उपकप्तान ज्ञानेन्द्र मल्ल र विकेटकिपर ब्याट्सम्यान दिलिप नाथले नेपालको ओपनिङ ब्याटिङ गरिरहेका छन् ।

आजको खेलमा दिपेन्द्र सिंह ऐरी, सागर पुन र करण केसीले उपस्थिती जनाएका छैनन् ।

नेपालले विश्व क्रिकेट लिग च्याम्पियनसिपको शीर्ष चारमा रहेर डिभिजन वान मै रहिराख्ने र विश्वकप छनोट खेल्ने सम्भावना गुमाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्