डिस्चार्ज भए गगन, घाइते मध्ये दुई जनाको अवस्था अत्यन्त गम्भीर



नेपाल समाचारपत्र, काठमाडौ ।
काठमाडौंको नारायणस्थानस्थित चपली हाइटमा बम विस्फोट हुँदा घाइते भएका कांग्रेस नेता तथा काठमाडौं–४ का कांग्रेस उम्मेदवार गगन थापा शिक्षण अस्पतालबाट डिस्चार्ज भएका छन् । थापाको चुनावी कार्यक्रमलार्ई लक्षित बम आक्रमणमा परी थापासहित ११ जना घाइते भएका थिए । घाइतेहरु सबैको त्रिवी शिक्षण अस्पतालमा उपचार भैरहेको छ ।

घाइते मध्ये दुई जनाको अवस्था अत्यन्त गम्भीर, दुईजनाको गम्भिर र सातजनाको अवस्था सामान्य रहेको चिकित्सकले जनाएका छन् ।

शिक्षण अस्पतालमा पत्रकारहरुसँग कुराकानी गर्दै थापाले यस्ता घटनाहरुबाट आतंकित तथा विचलित नहुन मतदातालाई आग्रह गरेका छन् । उनले निर्वाचन गतिविधि स्थगित नगर्न आग्रह समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्