कक्षा ११ को आंशिकतर्फको नतिजा सार्वजनिक, नियमिततर्फको नतिजा चुनावपछि



नेपाल समाचारपत्र, काठमाडौं ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को आंशिक नतिजा सोमबार सार्वजनिक गरेको छ । नियमिततर्फको नतिजा भने चुनावपछि सार्वजनिक गर्ने बोर्डले जनाएको छ ।

सार्वजनिक नतिजाअनुसार आंशिकतर्फ ३६ हजार ७४ जना विद्यार्थी उत्तीर्ण भएका छन् । बोर्डका अनुसार यो ३५. ५८ प्रतिशत हो ।

स्थानीय तहको निर्वाचनका कारण परीक्षाको मिति पटक–पटक सर्दै असारको १ बाट परीक्षा सञ्चालन भएको थियो । परीक्षा भएको ६ महिनापछि राष्ट्रिय परीक्षा बोर्डले सोमबार आंशिकतर्फको नतिजा सार्वजनिक गरेको हो । नतिजाअनुसार परीक्षामा सम्मिलित १ लाख १ हजार ३ सय ७५ सहभागीमध्ये ३६ हजार ७४ जना विद्यार्थी उत्तीर्ण भएका हुन् ।

परीक्षामा सहभागीमध्ये २१ जना विद्यार्थीको परीक्षा रद्द भएको बोर्डले जनाएको छ । बोर्डका अनुसार नतिजामा चित्त नबुझ्ने विद्यार्थीले ५ सय शुल्क तिरी १५ दिनभित्र आवेदन गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्