प्रधानमन्त्री बसेको होटेल नजिकै भेटिएको बम सेनाद्वारा निष्क्रिय



धनगडी (नेस) ।
प्रधानमन्त्री शेरबहादुर देउवा बसेको होटेल नजिकै सोमबार बिहान अज्ञात समुहले राखेको बम फेला परेको छ ।

प्रधानमन्त्री देउवा बसेको होटेलभन्दा ४ सय मिटरको दुरीमा रहेको सुकटी नाला पुलमा उक्त बम राखिएको थियो । प्रहरीले तालिम प्राप्त कुकुरको माध्यमबाट वम राखेको पत्ता लगाएको थियो । बम सामान्य भएपनि सुरक्षा संवेदनशीलतालाइ ध्यानमा राखी प्रहरीले खोजी कार्यमा तिब्रता दिँदा उक्त बम फेला परेको प्रहरीले जनाएको छ । बम फेला पर्नासाथ सेनाको टोलीले निस्क्रिय पारेको थियो ।

घटना पछि प्रहरीले सुरक्षा सर्तकता निकै बढाएको छ । धनगढी आसपासका क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको प्रहरी जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्