एउटा प्रदेशको जिल्लाको काम अर्काे प्रदेशको जिल्लाबाट



धनवीर दाहाल, रुकुम ।
रुकुम पश्चिममा रहेको जिल्ला शिक्षा कार्यालयले अव रुकुम पुर्वको काम पनि गर्ने भएको छ । रुकुम सिंगो हुँदा गर्ने काम जस्तै दुई जिल्लामा बिभाजन भएपछि पनि सोही अनुसार गर्ने भएको हो । जिल्ला बिभाजन भएर प्रदेश नं ५ र प्रदेश नं ६ मा भएपछि कसरी काम गर्ने भन्ने अन्यौल रहेको थियो । अर्काे व्यवस्था नहुँदा सम्मको लागी पश्चिम रुकुममा रहेको जिल्ला शिक्षा कार्यालयले नै रुकुम पुर्वको काम गर्ने गरी शिक्षा मन्त्रालयले परिपत्र गरेको छ ।

शिक्षा मन्त्रालयको पत्र अनुसार अव काम गर्न सजिलो भएको जिल्ला शिक्षा अधिकारी कर्णबहादुर कुवँरले नेपालसमाचार पत्रलाई जानकारी दिनुभयो । प्रदेश नं ५ मा पर्ने रुकुम पुर्वका तिन वटा स्थानीय तह सिस्ने गाँउपालिका, भुमे गाँउपालिका र पुथा उत्तरगंगा गाँउपालिका र प्रदेश नं ६ मा पर्ने रुकुम पचिमका तिन नगरपालिका आठबिसकोट, मुसिकोट र चौरजहारी एवं तिन गाँउपालिका त्रिबेणी, बाँफिकोट र सानीभेरीमा शिक्षा सम्बन्धीका सबै कर्मचारी सम्बन्धीत स्थानीय तहमा खटिएका छन् ।

जिल्ला स्तरको समन्वयको काम गर्दा जिल्ला शिक्षा कार्यालयले दुवै जिल्लाको समन्वयको काम गर्ने छ । जिल्ला शिक्षाले गर्ने भौतिक पुर्वाधार बितरण, छात्रबृत्ति,शैक्षिक सुधार, सिप विकास तालिम लगाएतका कामहरु गर्ने अधिकार पाएको छ । नयाँ संबिधान अनुसार रुकुम दुई भागमा बिभाजन भई फरक फरक प्रदेशमा परेको भएपनि शिक्षा मन्त्रालायले भने एउटै जिल्ला मानी काम गरिरहेको छ । नयाँ जिल्ला रुकुम पुर्वको सदरमुकाम मुसिकोटमा अन्य सरकारी कार्यालय भने स्थापना भइरहेका छन् ।

सबै कार्यालय स्थापना नभएपनि जिल्ला प्रशासन, जिल्ला समन्वय समिती, जिल्ला अदालत, जिल्ला प्रहरी, राष्ट्रिय अनुसन्धान, कोष तथा लेखा नियन्त्रण,मालपोत, नापी लगाएतका कार्यालय स्थापना भइसकेका छन् । अरु कार्यालय पनि स्थापना हुने क्रममा छन् ।

यसै गरी रुकुम पुर्वको सदरमुकाम रुकुमकोटमा नेपाल बैंकले पनि आफ्नो शाखा स्थापना गरी काम थालेको छ । यस अघि प्रभु बैंक र डिग्रे शाईकुमारी बचत तथा ऋण सहकारी संस्थाले काम गरिरहेका थिए ।

प्रतिक्रिया दिनुहोस्