टयाक्टर दुर्घटना हुँदा ७ घाईते, ३ को अवस्था गम्भिर



विमल विष्ट , डोटी ।
डोटीमा से १ त ८८१ नम्बरको टयाक्टर दुर्घटनामा परी ७ जना घाईते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारी अनुसार डोटीको दिपायल सिलगढी नगरपालिका १ तिखाको मोडमा आईतबार दिउसो भएको टयाक्टर दुर्घटनामा परी कैलाली धनगढी उपमहानगरपालिका १६ बस्ने बर्ष २० को बेफुराम चौधरी, सोही नगरपालिका २ बस्ने बर्ष २३ को बिजय थारु, वडा नम्बर ३ बस्ने बर्ष २६ को पुनाराम डगौरा,४ बस्ने बर्ष २२ को भागीराम थारु, बर्ष २३ को लालबहादुर चौधरी, वडा नम्बर २ बस्ने बर्ष २७ को रामसिं चौधरी, सोही नगरपालिका बस्ने बर्ष २३ को टयाक्टर चालक बिनोद चौधरी घाइते भएका हुन ।

त्यस्तै घाईतेहुने हरु मध्ये तिन जना बिनोद चौधरी,लालबहादुर चौधरी तथा रामसिं चौधरीको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

टयाक्टर चालक बिनोद चौधरीको टाउकोमा गम्भिर चोट लागेको र अहिले सम्म होस नआएकाले उनलाई थप उपचारका लागि कैलाली तर्फ पठाईएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

अन्य घाईतेहरुको दिपायल पिपल्ला स्थित शैलेस्वरी अस्पतालमा उपचार भईरहेको छ । दुर्घटनामा परेकाहरु आदर्श गाउपालिका क्षेत्रमा भईरहेको बिद्युत बिस्ताका लागि काम गर्न गएका कामदारहरु भएको प्रहरीले जनाएको छ । टयाक्टर कसरी दुर्घटना भयो त्यो बिषयमा अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्