कपिलवस्तुमा प्रचण्ड सहभागि कार्यक्रमस्थल नजिकै बम विस्फोट



कपिलवस्तु (नेस) ।
कपिलवस्तु–नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गरेको सभालाई लक्ष्यित गर्दै जिल्लाको मायादेवी गाउँपालिका पकडीमा बम विस्फोट भएको छ ।

वाम गठबन्धनले आयोजना गरेको आमसभालाई सम्बोधन गर्न जिल्लाको पकडी पुगेका माओवादी केन्द्रका अध्यक्ष दाहालले आमसभामा सम्बोधन टुँग्याएलगत्तै ठूलो आवाजका साथ विस्फोट भएको हो ।

सभा समापन भइसकेका कारण विस्फोटबाट भने कुनै क्षति नभएको प्रहरीले जनाएको छ । पूर्व प्रधानमन्त्री दाहालले सम्बोधन गरेको मञ्चबाट करिब १०० मिटरको दूरीमा विस्फोट भएको हो । घटनास्थललाई नियन्त्रणमा लिएर नेपाली सेनाको टोलीले अनुसन्धान गरिरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्