काठमाडाैका विभिन्न स्थानमा बम विस्फोटः हामीले बम राखेका छैनौं- नेकपा



काठमाडौं । ललितपुर स्थित कुपन्डोलको यूएन पार्क नजिकै शुक्रबार बेलुकि बम विस्फोट भएको छ । अज्ञात समूहले थापाथलीको पुल र यूएन पार्कको बीचमा फोहोर फालिएको ठाउँमा विस्फोट गराएको जावलाखेल प्रहरीले जनाएको छ । चुनावको विपक्षमा गतिविधि गरिरहेको समूहले आतंक फैलाउन विस्फोट गराएको प्रहरीले अनुमान गरेको छ । यद्यपी विस्फोटबाट कुनै मानवीय क्षति नभएको ललितपुर प्रहरी नायव उपरिक्षक नरेन्द्र चन्दले नेपाल समाचारपत्रलाइ जानकारी दिनुभयो । कुपण्डोलमा विस्फोट भएको भनिएपनि के भन्ने नखुलेको प्रहरी नायव उपरिक्षक चन्दले जानकारी दिनुभयो ।

विस्फोट फोहोरको थुप्रोमा गराइएकोले अवशेष समेत भेटिन नसकेको प्रहरीले जनाएको छ । प्रहरीले घटनास्थलमा अनुसन्धान जारी राखेको छ । केहिदिन अघि वाम गठबन्धनले लगनखेलमा आयोजना गरेको चुनावसभा नजिक बम विस्फोट गराइएको थियो । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सम्बोधन गर्ने क्रममा बिस्फोट गराउँदा लगनखेलमा रहेको विद्यालयको झ्यालका सिसा फुटेको थियो । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले भने आफुहरुले कहिं कतै बम नराखेको बताएको छ ।

जनताले चुनाब खारेज अभियान चलाएकाले बिरोध गरेको हुन सक्ने विप्लबका एक नेताले नाम नभन्ने सर्तमा बताउनुभयो । यसैगरी बुढानिलकण्ठ, सतुङ्गल र गुर्जुधारामा समेत बम पड्कीएकाे बताइएकाे छ ।

प्रतिक्रिया दिनुहोस्