उदयपुरका सिडिओ चन्द्रमान श्रेष्ठ कारबाहीमा


काठमाडौं । उदयपुरका सिडिओ चन्द्रमान श्रेष्ठ कारबाहीमा परेका छन् । चुनावमा शान्ति सुरक्षा चुस्त राख्न नसकेको भन्दै गृहले उनलाई त्यहाँबाट हटाएको छ ।
बुधबार भएको बिष्फोटमा कांग्रेसका उम्मेदवार नारायण कार्की गम्भीर घाइते भएपछि जिल्ला सिडिओ र एसपीको आलोचना भएको थियो । सिडिओ सरुवा भएको छ भने एसपीलाई भने हटाइएको छैन । उदयपुरमा प्रदीप कंडेललाई गृहले सिडिओ बनाएर पठाएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।