जाजरकोटको कुशे गाउँपालिकामा लफडा, रातारात समान लुटियो



नेपाल समाचारपत्र, जाजरकोट । जाजरकोटको कुशे गाउँपालिकाको सेन्टर सम्बन्धी विवाद चुलिएको छ । अहीले कुशे गाउँपालिका ५ का केही स्थानियले गाउँपालिकाका समान लुटेर लगरेको बताइएको छ ।
स्थानिय ५ नम्बर वडाका स्थानियले
कुशे ६ को बाटुलेमा रहेको गाउँपालिकाको कार्यालय अपाई भएपछि वटा नम्बर ६ कै भार्माथर्पुमा सार्ने निणर्य कार्तिक ३० गतेको गाउँसभा बैठकले गरेपनि केहीको विरोध भएको थियो । ९२ प्रतिशतको सहमतिमा निणर्य भएपनि केही स्थानियले विरोध जनाएका थिए । ४७ जनामा ४२ ले समर्थन गरेकामा बाकी नगरेकाहरुले ५ नम्बर मालुनेला केन्द्रको माग गरेका थिए । ५ जना विरोध गरोमध्येका नाईके वडा अध्यक्ष लक्ष्मण सिंह रहेको बताइएको छ । कांग्रेसले जितेको गाउँपालिकामा कांग्रसकै असन्तुष्टले विरोध गरेका छन । माओबादी एमाललेले पनि लफडा गर्नेहरुलाई सहयोग गरेको बताइन्छ । गाउँपालिकाका कार्यकारी अधिकृत थानेश्वर भण्डारीले राति ११ बजे गाउँपालिकाका सबै सामान लुटेर ५ नम्बर वडाका स्थानियले लगेको बताए । गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले सहमतिमा समस्या समाधान गर्ने र नमाने कानुनी उपचार खोज्ने बताएका छन ।

प्रतिक्रिया दिनुहोस्