पुनः मतदान भइरहेका रुकुमका दुइ मतदान केन्द्रमा शान्तिपुर्ण



धनवीर दाहाल, रुकुम पश्चिम । गत आइतबार एसिड प्रकरणका कारण स्थगित भएको रुकुम पश्चिमको आठबिसकोट नगरपालिका वडा नं ११ नेपाल राष्ट्रिय मावि गत्तासैना मतदान केन्द्र ख बुथको समानुपातिक तर्फको र बाँफिकोट गाँउपालिकाको रत्न आधारभुत बिद्यालय बाँफिकाँडा प्रतिनिधि सभा अन्र्तगत प्रत्यक्ष तर्फको शुक्रबार भइरहेको पुनः मतदान शान्ति पुर्ण भईरहेको मुख्य निबार्चन अधिकृतको कार्यालयले जनाएको छ ।
७ बजेट बाटै मतदान सुरु भैसकेको रत्न आधारभुत विद्यालय काँडा क मतदान केन्द्र बाँफिकोट–५, का मतदान अधिकृत तेजप्रसाद पौडेलले जानकारी दिनुभयो । बाँफिकोटको मतदान केन्द्रमा ६ सय ७२ मतदाता छन भने आठविसकोटमा ७ सय ५६ मतदाता रहेका छन । हाल सम्मको पछिल्लो अपडेट अनुसार आठविसकोटमा २१३ मत खसेको र बाँफिकोटमा पनि २०९ मत खसेको बताइएको छ । मतदाताको उत्साहजनक सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्