घूससहित पक्राउ



काठमाडौं, (नेस)
मालपोत कार्यालय कलंकीका दुई नायब सुब्बा ३ लाख रुपियाँ घूससहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नायब सुब्बाद्वय नारायणमणि खनाल र शेरबहादुर तामाङलाई घूससहित पक्राउ गरेको हो। सेवाग्राहीसँग घूस लिँदै गर्दा आयोगको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

त्यस्तै सिँचाइ विकास डिभिजन कास्कीमा कार्यरत इन्जिनियर गोविन्दप्रसाद भुर्तेललाई आयोगको पोखरा कार्यालयबाट खटिएको टोलीले ५० हजार रुपियाँ घूससहित पक्राउ गरेको छ।

प्रतिक्रिया दिनुहोस्