३७ मध्ये ३२ सिटमा वाम गठबन्धन विजयी हुने एमाले महासचिव पोखरेलको दाबी



काठमाडौँ । नेकपा एमालेका महासचिव इश्वर पोखरेलले पहिलो चरणको स्थनीय निर्वाचन भएको ३७ निर्वाचन क्षेत्रमा ३२ निर्वाचन क्षेत्रमा वाम गठबन्धन विजयी हुने बताएका छन । बिहीबार काठमाडौँमा प्रेस चौतारी नेपालले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा महासचिव पोखरेलले पहिलो चरणको निर्वाचन भएका ३२ जिल्लाको ३७ प्रतिनिधिसभको सिटमा वाम गठबन्धन ३२ सिटमा सहज रुपमा विजयी हुने बताए । उनले दोस्रो चरणको निर्वाचन हुने ४७ जिल्लाको १२८ प्रतिनिधिसभाको सिटमा वाम गठबन्धन १०५ स्थानमा विजयी हुने जिकिर गरे । काठमाडौँ क्षेत्र नम्बर ५ मा वाम गठबन्धनका तर्फबाट साझा उम्मेदवार समेत रहेका महासचिव पोखरेलले काठमाडौँका सबै १० वटै सिटमा वाम गठबन्धन अत्याधिक मतले विजयी हुने बताए । उनले निर्वाचन अयोगको भूमिका संवैधानिक नभएको भन्दै चिन्ता प्रकट गरे । उनले भने, ‘संवैधानिक निकाय आयोग सत्तारुढ दल र राज्यको तर्फबाट भएको आचारसंहिता उल्ंलघनलाई आँखा चिम्लेर समर्थन गरिरहेको छ, यस्तो हुनु दुर्भाग्य हो ।’ पोखरेले भने आयोगको भूमिका नै स्वतन्त्र हुन नसकेको अवस्थामा कसरी निष्पक्ष निर्वाचनको परिकल्पना गर्नु ? महासचिव पोखरेलले गुल्मीमा नेपाली कांग्रेसबाट जनप्रतिनिधि निर्वाचित व्यक्तिको घरमै त्यतीधेरै विस्फोटक पदार्थ भेटिनु, दिनदिनै बिस्फोटका घटना हुनु कसैले जिम्मा नलिनु र सरकारले कुनै पनि एक्सन नलिनुले त्रास फैलाउनमा कांग्रेस र सरकारै संलग्नता त छैन भन्ने आशंका उब्जिएको बताए ।

प्रतिक्रिया दिनुहोस्