बल्झियो राउटे युवाको घाउ !



हिक्मत नेपाली, दैलेख । आगोले पोलिए पछि गम्भिर बिरामी भएका राउटे युवा कपिल शाही उपचारका लागि जिल्ला स्वास्थ्य कार्यालय दैलेखमा आए । यस अघिपनि उनलाई उपचारका लागि काठमाण्डौं लगिएको थियो । राउटे उत्थान प्रतिष्ठान नेपालकी अध्यक्ष सत्यदेवी अधिकारीको पहलमा काठमाण्डौंमा उपचार गराएर निको भएका कपिलको घाऊ पुनः बल्झिएपछि जिल्ला स्वास्थ्य कार्यालय दैलेखमा आएका थिए । घाऊ बल्झिएपछि जिल्ला सदरमुकाममा रहेको जिल्ला अस्पताल दैलेखमा उपचार गरि बासस्थान तर्फ फर्किएका छन् । राउटे समुदाय अहिले भैरवी गाउँपालिकाको वडा नं. ५ लैनचौरमा बसोवास गर्दै आएका छन् ।
२०७२ सालमा अछामको भैरवस्थानमा बसोवास गर्दा सुतेको अवस्थामा उनको शरिर पोलिएको थियो । पोलिएर किरा परेको घाऊको उपचार गराउनका लागि राउटेसँग काम गर्दै आएकी महिला सत्यदेवी अधिकारीले राउटे मुखियालाई निकै फकाएपछि कपिल शाहीसँग अन्य दुई जना राउटेहरु सँगै लगेर उपचारका लागि काठमाण्डौं पुगेका थिए । सरकारले दिएको भत्ताले गुजारा गर्दै आएका राउटे समुदायहरुले काठबाट निर्माण गरेका कोशी, मदुशहरु बिक्रि वितरण हुन छोडेपछि समस्या थपिदै गएको बताउँछन् । परम्परागत औषधि उपचारलाई मुख्य ठान्दै आएका राउटे युवाहरु पछिल्ला दिनहरुमा बिरामी पर्दा उपचार गराउन थालेपछि परिवर्तनको संकेत देखिन थालेको छ ।
औषधि खान नमान्ने समुदायहरु आजभोली बिरामी पर्दा उपचार गर्न र औषधि खान सुरु गरेका छन् । चिसोका कारण समस्यामा परेका राउटे समुदाय अहिले भैरवी गाउँपालिकाको वडा नं. ५ लैनचौरमा बसोवास गर्दै आएका छन् । पालको छाना मुनि जीवन गुजारा गर्दै आएका राउटे समुदायहरु चिसोका कारण समस्यामा पर्दैै आएको बताउँछन् ।
दुई बर्ष अगाडी पोलिएर भाउ भएका शाहीको काठमाण्डौमा उपचार पश्चात निको भएपनि २ वर्ष पछि पुन बल्झीएपछि जिल्ला स्वास्थ्य कार्यालयमा आएको जिल्ला स्वास्थ्य कार्यालय दैलेखका डा. शोभित थापाले जानकारी दिएका छन् ।
राउटे युवा कपिल शाहीलाई उपचार पश्चात उनिहरु बसिरहेको स्थान तर्फ पठाइएको डा.थापाले जानकारी दिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय दैलेखले निशुल्क स्वस्थ्य परिक्षण र निशुल्क औषधी उपलब्ध गराएको थापाले बताए । राउटे समुदायमा अन्य व्यक्तिहरुको स्वास्थ्य परिक्षणका लागि स्वास्थ्यकर्मी पठाएको बताइएको छ । स्वास्थ्य परिक्षण पश्चात जटिल समस्या देखा परेका राउटेहरुका लागि बसोबास गर्दै आएका गाउँपालिका संग समन्वय गरि थप उपचारको प्रयास थालिएको डा. शोभित थापाले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्