मान्छे कतारमा मत ब्यालेटमा! बाजुरामा ७६ प्रतिसत मत कसरी खस्यो ?



दयाराम पण्डित, बाजुरा । बाजुरा बुडिगंगा नगरपालिका वडा नं ६का लोकेन्द्र भारती कतार गएको दुई वर्ष भयो । तर, यही मंशिर १० गते सम्पन्न प्रतिनीधि तथा प्रदेश सभा सदस्यको पहिलो चरणको निर्वाचनमा लोकेन्द्रको नामबाट सायलको सारेदेउ बुंथकेन्द्रबाट मत ब्यालेटमा खसेको छ । आफु कतार छन् आफ्नो नाममा कस्ले मत खसायो उनलार्ई पत्तो छैन । त्यस्तै बुडिगंगा नगरपालिकाको वडा नं ६ को मतदाता क्रसंख्या १३का आईते शार्कीको मृत्यु भईसकेको छ ।उनको नाममा पनि सोही बुंथवाट मत खसेको छ । उनगायतका केही मृतककको नाममा पनि मतखसेका छन् ।
मतदाता क्रमसंख्या ८६७ का शिद्धराज जैशी मष्टेश्वरी मावि मतदान केन्द्रका अधिकृत थिए तर ,उनको नाममा पनि मतदान भएको छ । मतदाता क्रमसंख्या ४७५का पे्रमरमज जैशी पनि निर्वाचनमा खटिएका थिए, मतदाता क्रमसंख्या ९०५का हिक्मतवहादुर शाह पनि मतदान खटिएका थिए उनको नाममा पनि मत खसेको छ भने मतदाता क्रमसंख्या ७७२का शेरबहादुर थापा लगायतका ब्यक्ती शशस्त्र प्रहरीमा कार्यरत भई जिल्ला बहिर छन् , उनका नाममा पनि मतदान भएको छ । मतदाता क्रमसंखया ३३२का धर्मराज जैशी पसुपँक्षी मनत्रयमा कार्यरत छन् ,उनको नाममा पनि बाजुराको सारेदेउ बुंथमा मतदान भएको छ ।
मतदाता क्रमसंख्या ४७५का प्रमरमज जैशी पनिपिस क्रेटर जोन एकेडमी पाण्डुसैनको सहयाक मतदान अधिकृतमा थिए , उनको नाममा मतदान भएको छ । सैगरी मतदाता क्रमसंख्या ९०५का हिक्मतवहादुर शाह पनि मतदान खटिएका थिए उनको नाममा मत खसेको छ भने क्रम संख्या ७७२का शेरबहादुर थापा लगायतका ब्यक्ती शशस्त्र प्रहरीमा कार्यरत भई जिल्ला बहिर छन् , उनका नाममा पनि मतदान भएको छ ।
हामी खाना खाएर मतदान गर्न सारेदेउ गयौं हामी पुग्दा आफ्नो नाममा सबै मत खसाएको भेटायौं हाम्रो पनि मतदान गनेृ् अधिकार छ भनि झगडा गरेपछि अर्काकैनाममा भए पनि मत खसाएर आएं बेलकांटीयांक िएक महिला मतदातो भनिन् । सबैका नामावलीमा दुईचार जनाले मतदान गरे यस्तो चुनाव कहिलै भएन सारेदेउका मतदाताले गुनासे पोखे ।
सायलमा ९२० मतदाता संख्यामा ९१२ मत खसेका छन् । १७ जना सरकारी कर्मचारी छन् ति सबै निर्वाचनमा खटिएकाछन् । कतिपय विदेश छन् भने केही मरेका छन् । मरे जिउँदा सबैको नाममा केही ब्यक्तीले एकलौटी मतदान गरेको स्थानीय मतदाताले बताए । यि त सायल बुंथका एक प्रतिनीधि पात्रमात्र हुंन् । जिल्लाका एक सय मतदान केन्द्रबाट कति फर्जी मत खसे होलान सहजै अनुमान गर्न सकिन्छ । त्यस्तै सावकको ब्रमतोला गाविसका प्राविधक सहायक बषन्त थापा निर्वाचनमा खटिएका थिए उनको नामा पनि मतदान भएको छ । त्रिशक्ती माविको मतदान केन्द्रमा एकजनाले पचासपटक मत हालेको खुलेको छ । सर्वाधिक बुंथ कब्जा हुने भनिएको थुमामाविका बुंथमा भने यसपाली विगत जस्तो बुंथकब्जा गर्न नसके ता पनि केही फर्जी मत खसेको आरोप छ । बामगठबन्दनका प्रदेश सभासदस्य उम्मेदवार प्रकाश शाह थुमामाविको बुंथमा गएर बसेपछि फर्जी मत न्युन रह्यो एक मतदाताले भने ।
कुनैदलका एजेण्ट मौन बस्नु र कुनैदलको एजेण्टले मतदाताको हातबाट मत खोसेर मतहाल्नु ले यस्तो परिस्थिती आएको मतदान अधिकृतको भनाई छ । एजेण्टबाट वके भएर आएपछि हामीले मत हाल्न निै पर्योे मतदान अधिकृतको भनाई । मतदानमा खटि गएका कर्मचारीहरुले बाजुराको जस्तो मतदान कही कतैं नदेखेको गुनासो गरेका छन् ।
बाजुराका ७६ प्रतिसत मतदाताले मतदान गरेका छन् । देशकै विकट तथा विकास सुचाङ्क पुच्छारमा परेको बाजरामा सबै भन्दा बडि मत खसेको छ । मतदान स्थलमा मतदाता सुंख्या पातलोे देख्रिन्थ्यो तर, खसेको मत संख्या हेर्दा देशमै बडि देखिन्छ । जिल्लाका विभिन्न स्थानमा अधिक्तम फर्जी मत खसाएको तथ्य फेला परेका छन् । त्यस्तै साविकको ब्रमतोला गाविसको भवनको केन्द्रमा पनि अधिक्तम फर्जी मत खसेको बताइएको छ ।
मुख्य निर्वाचन अधिकृत पुुष्पराज थपलियाका अनुसारः “मतदान केन्द्रमा के कसरी मतदान भयो आफुलाई थाह नभएको यद्येपी यसलाई गम्भिर अपराधका रुपमा मानिन्छ । अनुसन्धानका लागि निर्वाचन आयोगमै जानकारी गराउनु पर्ने मुख्य निर्वाचन अधिकृत थपलियाले बताउनुुभएको छ । जिल्ला निर्वाचन कायाृलयका अनुसार मशिर १० गते सम्मपन्न निर्वाचनमा २७४४१ महिला मतदाताले मतदान गरेका थिए । भने पच्ीसहजार सात सय त्रिहत्तर पुुरुष मतदाताले मतदान गरेका थिए । बाजुरामा ७६ प्रतिसत मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्