निर्वाचन सम्पन्न भएको तिन दिनपछि पुनःनिर्वाचनको माग



सिर्जना पन्त, बागलुङ । मंसिर १० गते सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचन सकिएको ३ दिनपछि बाम गठबन्धनबाट धाधली भएको भन्दै नेपाली कांग्रेसले पुन मतदानको माग गर्दै उजुरी दिएको छ । जिल्लाका तिन मतदान स्थलमा धाधली भएको भन्दै नेपाली कांग्रेसका उमेदवारले बुधबार जुरी दर्ता गराएका हुन ।
उक्त तिन ठाउँमा पुन निर्वाचनको माग गर्दै उजुरि दिएको कांग्रेस बागलुङले जनाएको छ । बागलुङको धुल्लुबास्कोट, पैयुँथन्थाप र भकुण्डेमा बाम गठबन्धनले कांग्रेसका एजेण्टलाई धम्की दिएर एकलौटी मतदान गरेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका हुन् । सहकारी तथा गरिबी निवारण राज्यमन्त्री तथा नेपाली काँग्रेसको तर्फबाट क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्य उमेदवार चम्फादेवी खड्का, कांग्रेस सभापति तथा क्षेत्र नं. १ को १ बाट प्रदेसभा सदस्य उमेदवार दिपेन्द्रबहादुर थापा र क्षेत्र नम्बर १ को २ बाट प्रदेशसभा सदस्यका उमेदवार प्रकाश शर्मा पौडेलले उजुरी दर्ता गरेका हुन् । खड्काले तिन वटै बुथ, थापाले भकुण्डेमा र शर्माले धुल्लुबास्कोट र पैयुथन्थापमा बुथ कब्जा भएको आरोप लगाउँदैं छुट्टा छुट्टै निवेदन दिएका छन् ।
उनीहरुले कांग्रेसका एजेण्टलाई हातपात गरेको, एकलौटी रुपमा कब्जा गरेर मतदान गरेको आरोप लगाएर निवेदन दिएको मुख्य निर्वाचन अधिकृत प्रकाश प्रसाद पंडितले बताए । ‘उहाँहरुको उजुरी आएपछि मतदान अधिकृतहरुलाई निर्वाचनको दिनको प्रतिवेदन दिन भनेको छु’ पंडितले भने, ‘निर्वाचन आयुक्त ईश्वरी पौडेल सँग सम्पर्क गरेर उजुरी बारे जानकारी पनि गराइएको छ ।’ मतदान अधिकृतहरुको प्रतिवेदन र उजुरीलाई एकमुष्ट आयोगमा पठाउने उनले बताए । कांग्रेसका कानूनी सल्लाहकार भूमिश्वर गौतमले उमेदवार र ती स्थानका एजेण्टको गुनासोको आधारमा उजुरी दर्ता भएको बताएका छन् ।
‘ती स्थानमा निर्वाचन रद्द गरेर पुन मतदान गर्नुपर्छ भन्ने माग छ’ गौतमले भने, ‘सबै दलको एजेण्ट बसेर मतदान गर्ने वातावरण आवस्यक छ ।’ फर्जी मत झरेको भन्दै बिरोध गर्न खोज्दा एजेण्ट र अधिकृतहरुलाई समेत धम्की दिइएको कांग्रेसको आरोप छ । मतदान अधिकृतले बिरोध गर्दा पनि सुरक्षाकर्मीले सुरक्षा दिन नसक्ने भनेको पनि उनीहरुले दावी गरे ।
यता बाम गठबन्धको तर्फबाट क्षेत्र नमबर १ (१)का उमेदवार डाक्टर सुर्य पाठकले प्रजातन्त्रीक प्रतिशप्रर्धामा विश्वास गर्छाै भन्ने नेपाली काँग्रेसले निर्वाचन सम्पन्न भएपछि परिणमको आँकलन गरेर निश्चित रुपमा हार हुने भएपछि नियोजित र प्रायोजित मानसिकता बोकेर उजुरी दर्ता गराएको आरोप लगाउनुभएको छ । पाठकले जिल्लाका सबै मतदान केन्द्रहरु शान्तिपूर्ण, भयरहित बातावरणमा निर्वाचन सम्पन्न भएको, मतदान सुरु भएदेखि मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याउने समय सम्म पनि काँग्रेसका एजेन्टहरु संगै रहेको र हस्ताक्षर समेत गरेको भन्दैं नेपाली काँग्रेसले जनताको जनमतको अपमान गरेको बताउँनुभयो ।

प्रतिक्रिया दिनुहोस्